कांग्रेसका तर्फबाट अझै टुंगिएन मन्त्रीको नाम, पहिलो चरणमा कार्की भने समेटिने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  माओवादीले सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम देउवालाई बुझाइसकेको छ । तर, कांग्रेसले भने अहिलेसम्म मन्त्री बन्नेको नाम टुङ्ग्याएको छैन । स्रोतका अनुसार ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणमा समेटिँदै छन् । कांग्रेसका तर्फबाट बालकृष्ण खाण र डिला संग्रौला पनि मन्त्री बन्ने चर्चा छ । जसपाको उपेन्द्र यादव पक्ष आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका तर्...