कर्णालीबाट केन्द्रीय सदस्यमा देउवा पक्षका सबै निर्वाचित, पूर्वमन्त्री थानी एक मतले पराजित

नेपाली काँग्रेस कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानल विजयी भएको छ । देउवा पक्षका राजीव विक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका हुन् ।शाहले २८२० मत पाए भने अर्का बुढाले २२०० मत पाए । राप्रपा परित्याग गरी काँग्रेसमा आएका डोल्पाका बुढाले काँग्रेसको प्रभावशाली नेता तथा पूर्वमन्त्री हृदयराम थानीलाई एक मले पराजित गरको हुन् ।थानीले २१९९ मत पाए । कर्णालीबाट महिलातर्फ देउवा समूहकै जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत ल्याएकी छन् ।