६५ वर्षमाथीका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने निर्णय

नेपाल पत्रकार महासंघको लामो प्रयासपछि सरकारले ६५ वर्षभन्दा माथीका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ। सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो। फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन्। …

सम्बन्धित सामग्री

‘पत्रकार वृत्ति पत्रकारिता पेशाप्रति राज्यको सम्मान’

नेपाली पत्रकारिताको इतिहासमा पत्रकारलाई पेन्सन दिन सुरु गरिएको छ । यो सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो । पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकार त्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा …

‘ज्येष्ठ पत्रकार वृत्ति’ पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त: महासंघ

काठमाडौँ – नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ । २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘ज्येष्ठ पत्रकार […]