स्थायी राजधानी तोकेको १६ महिनामा पनि आएन प्रदेश सरकार

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशको नामकरणसँगै स्थायी राजधानीको स्थान टुंगो लगाएको १६ महिना पूरा भएको छ। प्रदेश सरकार गठन भएको करिब ३ वर्षपछि २०७७ साल असोज १६ गते लुम्बिनी प्रदेशले नाम र  स्थायी राजधानी पाएको थियो।दाङ जिल्लाको  भालुबाङलाई केन्द्रबिन्दु बनाएर राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेत उपयोग गर्ने गरी लुम्बिनी प्रदेशको स्थायी मुकाम घोषणाका क्रममा प्रदेश सरकारले भनेको थियो, अबको एक वर्षभित्र प्रादेशिक राजधानी स्थायी मुकामबाट सञ्चालन हुन