मे १ मा रुसी खोप स्पुतनिक–भी भारत आइपुग्ने

एजेन्सी। रुसी भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप भारतमा मे महिनाको पहिलो दिन आइपुग्ने भएको छ। कोभिसिल्ड र कोभ्याक्सिन अहिले भारतमा चलिरहेको छ। स्पुतनिक–भी रुसको गमालया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको हो। रोयटर्सलाई रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिकले यो जानकारी दिएका हुन्। ९१.६ प्रतिशत प्रभावकारी मानिएको स्पुतनिक–भीले भारतलाई महामारीबाट जोगाउन मद्दत पुग्ने बताइन्छ।

सम्बन्धित सामग्री

रुसी भ्याक्सिन स्पुतनिक-भी आज भारत पुर्‍याइँदै

एजेन्सी। कोरोनाविरुद्धको रुसी खोप स्पुतनिक-भीको पहिलो खेप आज(मे १) भारत पुर्‍याइने भएको छ। भारतमा अहिले कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाइएको छ। भ्याक्सिन अभाव झेलिरहेको भारतमा स्पुतनिक-भी उपलब्ध भएपछि खोप अभियान तीव्र हुने विश्वास गरिएको छ। भारतले उक्त खोप प्रतिडोज अधिकतम १० अमेरिकी डलर तिनुपर्ने छ। सुरुमा यो खोपमाथि आशंका गरिए पनि रुसले यसलाई सर्वाधिक प्रभाकारी दाबी गरेको छ।