कोरिया जाने श्रमिक भाषा परीक्षा केन्द्रको अनुगमन

काठमाडौं : श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्। उनले मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीस्थित परीक्षा केन्द्रको अनुगमन गरेका हुन्।मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी लिएका थिए। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभागअन्तर्गत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिँदै आएको छ।