ओलीले बालुवाटार छाड्दै, कार्यकर्तासहित सयौं गाडीको स्कटिङमा बालकोट पुग्‍ने

न्युज अफ नेपाल, काठमाडौ‌‌‌ । सर्वोच्च अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । आजदेखि उनी निजी निवास बालकोटमा बस्नेछन् । ओली बालुवाटारबाट बालकोट जाँदा उनलाई सयौं […]

सम्बन्धित सामग्री

बालुवाटार छाड्दै ओली, युवा संघले स्कटिङ गरेर बालकोट पुर्‍याउने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका ओलीले आइतवार बिहान बालुवाटार छाड्न लागेका हुन् ।  एमाले अध्यक्ष ओलीलाई युवा संघका कार्यकर्ताले स्कटिङ गरेर बालुवाटारबाट बालकोट पुर्‍याउने तयारी गरेका छन् । बिहान ११ बजेपछि ओली बालुवाटारबाट बालकोट प्रस्थान गर्ने तयारी छ । एमाले केन्द्रीय सदस्य महेश बस्नेतले मोटरसाइकल र गाडीको स्कटिङमार्फत ओलीलाई बालकोट निवासमा पुर्‍याइने जानकारी दिए । प्रधानमन्त्री नियुक्त भएपछि ओली २०७४ फागु...

बालुवाटार छाड्दै ओली, यसरी जाँदैछन् बालकोट

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै छन् ।

बालुवाटार छाड्दै ओली– बाटोमा कार्यकर्ताको स्कटिङ्ग र नागरिक अभिनन्दन हुने

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लग्ने तयारी भएको एमाले नेता महेश बस्नेतले बताए। बालुवाटारबाट बिहान ११ बजे ओलीलाई हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतका साथै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए।