रौतहटका दुई नगरपालिका प्रमुखमा महिला निर्वाचित

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन्। मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन्। दुई […]

सम्बन्धित सामग्री

पालिका चुनावमा तीन सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाण्डाै – पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित हुनुभएको छ । काठमाण्डौ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । ...

स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँ

स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित […]

स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित हुनुभएको छ । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, […]

स्थानीय तहमा १४ हजार ४०२ जना महिला निर्वाचित  :  निर्वाचन आयोग

जेठ १२, काठमाडौं ।  स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ जना महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त संख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९  जना महिला उम्मेदवार रहेका थिए । कुल ७५३ स्थानीय तहमा ३५ हजार २२१ ओटा पद रहेका छन् ।             निर्वाचन आयोगको सूचना प्रणालीमा बिहीवार साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन ओटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए।             दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएकी छन् । दुवै जनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।             कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएकी छन्। प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।            प्रदेशगत आधारमा निर्वाचित महिला             प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकामा २ हजार ४५५ जना महिला निर्वाचित भएका छन् । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा २ हजार ७७० जना निर्वाचित भए ।। सोहीअनुसार बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकामा २ हजार ३४७ जना निर्वाचित भए।             गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकामा १ हजार ६२२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकामा २ हजार १२४ जना निर्वाचित हुन सफल भए।             आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकामा १ हजार ५२४ जना निर्वाचित  भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकामा १ हजार ५६० जना निर्वाचित भए ।            प्रमुख पदमा महिला             देशभरबाट २५ ओटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भएकी छन् । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।          मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छन्। सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन्।             सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन्।             त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन् ।             सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हभइन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएकी छन् ।             नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् ।             त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएकी छन् । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका छन् ।             दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छन् ।             आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ ।             काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ । रासस

झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित

झापा – जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेकी छन् । महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेकी हुन्। झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो […]

लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित

लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् । बेँसीशहर नगरपालिका वडा ८ र दोर्दी गाउँपालिका वडा ७ मा महिला वडाध्यक्षमा विजयी भएका छन् ।बेँसीशहर नगरपालिका ८ मा नेकपा एमालेकी पवित्रा थापा राना निर्वाचित भएकी छन् । उनले ७ सय २६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।  नागरिक लक्षित कार्यक्रम, महिला सशक्तीकरण, शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।यस्तै, दोर्दी गाउँपालिका वडा ७ मा नेकपा एमालेकी रिसमाया गुरुङ निर्वाचित भएकी छन् । उनले ४ सय १९ मत ल्याएर आगामी ५ वर्

लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्रै महिला निर्वाचित

लमजुङ- लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् । बेँसीसहर नगरपालिका वडा ८ र दोर्दी गाउँपालिका वडा ७ मा महिला वडाध्यक्षमा विजयी भएका छन् । बेँसीसहर नगरपालिका ८ मा नेकपा एमालेकी पवित्रा थापा राना निर्वाचित भएकी छन् । उनले ७ सय २६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएकी हुन् । नागरिक लक्षित […]

रौतहटमा दुई नगरपालिका प्रमुख महिला

रौतहट : वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा रौतहटका दुई स्थानीय तहका प्रमुख पदमा महिला निर्वाचित भएका छन्।जिल्लाको मौलापुर नगरपालिकाको प्रमुखमा रिनाकुमारी साह र ईशनाथ नगरपालिकाको प्रमुखमा कौशिल्या देवी निर्वाचित भएका हुन्। मौलापुरमा नेकपा एमालेबाट रिनाकुमारी र ईशनाथमा लोकतान्त्रिक समाजवादी पार्टीबाट कौशिल्या निर्वाचित भएका हुन्।२०७४ सालमा मौलापुर नगरपालिकामा तत्कालीन नेकपा माओवादीबाट रिना प्रमुख पदमा निर्वाचित हुँदा मधेश प्रदेशकै पहिलो महिला मेयर रहेकी थिइन्। रिनाकुमारी पुनः २०७९ वैशाख

जिल्लाकै पहिलो वडाध्यक्षमा महिला निर्वाचित

मुगु -मुगु जिल्लाकै इतिहासमा पहिलो चोटी मुगु जिल्लाले वडाध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएकी छन् । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–११ को एक गरिब घरबाट जन्मेकी कुन्जुमा कुमाई वडा अध्क्षमा निर्वाचित भएकी हुन् ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी कुमाईले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तेजबहादुर बुढालाई पछाडि पार्दै जित हासिल गरेकी हुन् ।मुगु जिल्लाभरिमा रहेका ४५ वडाहरूमध्ये उनी […]