बहुलाएको स्यालको टोकाइबाट कञ्चनपुरमा दुई जना घाइते

कञ्चनपुर : बहुलाएको स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन्। मंगलबार बिहान स्यालले टोक्दा  नगरपालिकाको वडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।‘आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनायो’ राजकुमारीका श्रीमान् पल्टा चौधरीले भने, ‘आँगनमै लडाएर स्यालले टोक्न थालेपपछि श्रीमती चिच्याइन्। होहल्ला गरी स्याल भगायौँ।’यसैगरी, गोक