बेलायतमा कोरोना मृत्यु दर घट्दै, एक सातामा २७.१ प्रतिशत ह्रास

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गत १२ अप्रिलदेखि १८ अप्रिलसम्मको एक सातामा १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बितेको २४ घन्टामा थप १० जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २७.१ प्रतिशतले ह्रास आएको सरकारी तथ्याँकले देखाएको छ ।योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७० पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढ