नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरू मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ । सम्झौताअनुसार बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थाप