काठमाडौंमा राप्रपाले पनि खोल्यो खाता, शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित विजयी

जेठ ३, काठमाडौं । काठमाडौंको शैखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित मेयरमा विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मतगणनामा राप्रपाका नापित ४ हजार ७०० मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४ हजार २०२ मत पाएका छन् । यहाँ एकिकृत समाजवादीलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । मेयरको प्रतिस्पर्धामा नेकपा एमालेका कृष्णलाल बजगाईंले ३ हजार ६२२ र माओवादी केन्द्रका मधु केसीले २ हजार २४४ मत पाएका छन् । उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ ६ हजार ३६२ मत सहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले ३ हजार २९८ मत ल्याइन ।