नियमनका कारण ऊर्जा क्षेत्र धेरै व्यवस्थित भएको छ

डिल्लीबहादुर (डीपी) सिंह नेपाल विद्युत् नियमन आयोगका अध्यक्ष हुन् । लामो समय विद्युत् विकासमा काम गरेर महानिर्देशकबाट अवकाश पाएका सिंह ऊर्जा क्षेत्रमा परिचित छन् । २० मंसिर २०७४ देखि कानुनी रूपमा स्वतः सक्रिय भए पनि दुई वर्षअघि आयोगको पदाधिकारी नियुक्त भएको थियो । दुई वर्षको अवधिमा आयोगले ऊर्जाका क्षेत्रमा धेरै निर्देशिका र विनियमावली बनाएको छ […]