म्याग्दीका किसानकाे तरकारी खेतीबाट वार्षिक ८ लाख आम्दानी

म्याग्दी । विदेशमा पसिना बगाएर पनि राम्रो कमाइ गर्न नसकेर स्वदेशमा फर्किएर तरकारी खेती गर्न लागेका हरिलाल घिमिरेकाे जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ म्याग्दीको बेनी नगरपालिका–२ बन्चरे ढुङ्गाका ५१ वर्षीय घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बितेकाे थियाे । ३ दशकअघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो […]

सम्बन्धित सामग्री

बंगुरपालनबाट वार्षिक ८ लाख आम्दानी

सल्यान ६, असार । सल्यानको कपुरकोटका एक कृषकले बंगुरपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।  विगत ६ वर्षदेखी व्यवसायिक रुपमा बंगुरपालन गर्दै आएका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले बगुंरपालनबाट नै वार्षिक ८ लाख रुपैयाँ आम्दानी भइरहेको जानकारी दिए । बंगुरको माग बढ्नुका साथै राम्रो मूल्य पाउन थालेपछि उनले २०७२ सालदेखि व्यवसायिक रुपमा बंगुरपालन व्यावसाय शुरु गरेका थिए । विगतमा जीविकोपार्जनमा धेरै कठिनाइ भएपनि हिजोआज बंगुरपालन व्यावसायमा लागेपछि सहज बनेको उनको भनाइ छ । उनका अनुसार शुरुवातमा २० हजार लगानी गरेर २ बंगुर पालिएको हो । उनले अहिले डिग्रो, धरानी, पोख्रेली तथा स्थानीय जातका ९० ओटा बंगुर पालेका छन् । तरकारी तथा फलफूल पसलबाट निस्केको सडेगलेको वस्तुलाई सदुपयोग गर्दै बंगुरलाई खुवाउने गरेको उनको भनाइ छ । ‘फोहर बढी गर्ने भएकाले पहिला बंगुरपालन गर्न कठिनाइ भएको थियो,’ उनले भने ‘अहिले बानी परेको छु । सरसफाइका लागि पञ्जा प्रयोग गर्दै आइरहेको छु ।’ बंगुरको पाठापाठी पाँच हजार सम्ममा विक्री हुने गरेका छन् । ‘अझै व्यावसायलाई विस्तार र व्यवस्थित गर्ने सोच बनाइरहेको छु,’ उनले भने ‘बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाई पनि दानाको रूपमा प्रयोग गर्न थालेको छु ।’ उनले तरकारी तथा फलफूल पसलबाट भन्दा बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको जानकारी दिए ।  शुरुमा व्यक्तिगत लगानीबाट व्यवसाय शुरु गरेका उनले पछि व्यवसायलाई थप व्यवस्थित गर्न साना किसान कृषि सहकारी संस्थाबाट १२ लाख रुपैयाँ मासुजन्य कर्जा दिएका थिए । बंगुरपालनमा होमिएका उनले करीब ३२ लाख रुपैयाँ कुल पूँजी लगानी रहेको जानकारी दिए ।  सरकारीका सहायक प्रवन्धक जीत प्रसाद आचार्यले व्यवसायमा संलग्न भएर आत्मनिर्भर बन्नको लागि स्थानियलाई सहकारीले प्रोत्साहन गरिरहेको बताए । उनले मासुजन्य तथा दूधजन्य वस्तुहरु उत्पादन तथा बजारीकरणको लागि सहयोग गर्दै आएको बताए । सहरकारीले ९ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।