सांसदहरुले प्रतिनिधि सभा हामी चलाउन चाहान्छौँ भनि हस्ताक्षर नै गरिसकेपछि विघटन गर्न नपाइने

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँगको छलफलमा राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बहुमत सांसदहरुले प्रतिनिधि सभा हामी चलाउछौ्र भनेर हस्ताक्षर गरेपछि विघटन गर्न नपाइने बताएका छन् । सरकारले विभिन्न असंवैधानिक गतिविधि गर्दै आएको भन्दै महामारीमा चुनावको घोषणा गर्नु जनताको दुःख पिडालाई वेवास्ता गरिएको उनले बताए । यतिबेला सभामुखसँग संसदको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उत्तरदायित्व रहेको बताए ।