शृंगार प्रसाधन उत्पादनमा आत्मनिर्भरता

आयस्तरमा आएको सुधार तथा शृंगार चेतनाको व्यापकताका कारण मुलुकमा शृंगारका प्रसाधनको मागमा दोहोरो अंकको औसत वार्षिक वृद्धिदर (१४ प्रतिशत) रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा मात्रै करीब रू. १० अर्ब बराबरका शृंगारका प्रसाधनहरूको आयातको आँकडाले यस क्षेत्रको महत्व स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७६/७७ को आयात तथ्यांकअनुसार नेपालको शृंगारका प्रसाधनको आयातमा भारतको अंश करीब ७४ प्रतिशत (रू. ७ अर्ब ११ करोड) रहेको छ । थाइल्यान्ड, भियतनाम, इन्डोनेशिया र जर्मनीबाट पनि नेपालले उल्लेख्य मात्रामा शृंगारका प्रसाधनको आयात गर्दै आएको छ । उक्त वर्ष नेपालले आयात गर्ने शृंगारका प्रसाधनहरूमा सबैभन्दा बढी क्रीम, कपालमा लगाउने तेल तथा अत्तरादि सुगन्धहरूको अंश अत्यधिक रहेको छ । बृहत् वर्गीकरणका रूपमा हेर्दा लेपन वर्गको अंश नेपालको शृंगार प्रसाधनको कुल आयातको करीब ३७ प्रतिशत रहेको छ । यसैगरी कपाल सम्बद्ध प्रसाधनको अंश करीब ३० प्रतिशतको हाराहारीमा रहेको छ । सुगन्धित तैलादिको अंश पनि मुलुकको शृंगार प्रसाधनको आयातको करीब २४ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । यी आँकडा शृंगारका प्रसाधनहरूमा नेपाली उपभोक्ताको प्राथमिकताको क्रम स्वतः स्पष्ट हुन्छ । उपर्युक्त तथ्यांकबाट नेपालमा शृंगार प्रसाधन उद्योगको सम्भावना प्रबल रहेको देखिन्छ । अतः वार्षिक करीब रू. १० अर्बभन्दा बढीको आयात प्रतिस्थापन हुने र स्वदेशका हजारौं रोजगारी सृजना हुने हुँदा नेपाली प्रसाधन उद्योगको बलियो जग बसाल्न नीतिगत, स्रोतगत, वातावरणगत, व्यवस्थापकीय र संगठनात्मक व्यवस्थाहरूमा विशेष पहल लिनुपर्ने देखिन्छ । शृंगार प्रसाधन क्षेत्रमा आत्मनिर्भर हुने गरी राष्ट्रिय नीति घोषित गरिनुपर्छ । दोस्रो, स्वदेशी शृंगार प्रसाधन उद्योगको स्थापना, सञ्चालन र विस्तारका लागि संरक्षणात्मक, प्रवर्द्धनात्मक र अनुसन्धानात्मक वातावरणको विकास हुन पनि त्यत्तिकै आवश्यक छ । यस्तै शृंगार प्रसाधन क्षेत्रमा आत्मनिर्भर हुन यस क्षेत्रको विकासका लागि उच्च व्यवस्थापकीय क्षमतायुक्त सरकारी र निजीक्षेत्र सम्मिलित संयन्त्रको व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । शृंगार प्रसाधन उद्योगको बलियो जग तयार गर्दै नेपाललाई यी उत्पादनहरूमा आत्मनिर्भर बनाउन देहायका पक्षमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । पहिलो, शृंगार प्रसाधन उद्योगको कच्चा पदार्थका रूपमा रहेका वनस्पतिहरूको पहिचान गरी तिनको व्यावसायिक उत्पादनको थालनी गरिनुपर्छ । दोस्रो, शृंगार प्रसाधन उद्योगको स्थापना तथा विकासका लागि करमुक्ति, नगद प्रोत्साहन, अनुदानलगायत अन्य भौतिक संरचनाको समेत उचित व्यवस्था गरिनुपर्छ । शृंगार प्रसाधन उद्योगका लागि आवश्यक पर्ने सबै खाले जनशक्ति उत्पादन गर्न नेपाल सरकार र सम्बद्ध उद्यमीहरूको संयुक्त प्रयासमा संस्थागत व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । शृंगार प्रसाधन उद्योगलाई विश्वका अन्य उद्योगहरू सरह प्रतिस्पर्धी बनाउन यस क्षेत्रमा आवश्यक पर्ने अनुसन्धान र विकासमा पनि सरकारी र निजीक्षेत्रबीच आवश्यक सहकार्य हुन जरुरी छ । स्वदेशी पूँजी र प्रविधिले सम्भव नभएका उत्पादनहरूका लागि विदेशी पूँजी र प्रविधि भित्र्याउन पनि आवश्यक पहलकदमी हुनुपर्ने देखिन्छ । शृंगार प्रसाधन उत्पादनका विश्वप्रख्यात ब्रान्डहरूलाई नेपालमा नै उद्योगहरू खोल्न लगाउने वातावरण सृजना गर्न नेपाल सरकारको पलहकदमीमा निजीक्षेत्रको परिचालन पनि त्यत्तिकै जरुरी छ । विदेशी उत्पादनहरूलाई नेपाली उत्पादनबाट प्रतिस्थापन गर्न गुणस्तर कायम गर्नेदेखि गुणस्तर नियन्त्रण र नियमनका प्रावधानहरू पनि कडा रूपमा लागू गरिनुपर्छ ताकि नेपाली उत्पादनहरूले उपभोक्ता माझ विश्वसनीयता प्राप्त गर्नु सकून् । आईटीसीका अनुसार शृंगार प्रसाधनको विश्व आयात करीब रू. १३९ अर्ब रहेको तथा विगत ५ वर्षको औसत वार्षिक वृद्धिदर करीब ६ प्रतिशतको हाराहारीमा रहेको सन्दर्भमा विश्वमा यी उत्पादनको बजार आकर्षक रहेको देखिन्छ । शृंगार प्रसाधन उत्पादनको विश्व व्यापारको यो चरित्र तथा विगतमा नेपालले शृंगार प्रसाधन उत्पादनहरू निर्यातसमेत गरिरहेको सन्दर्भमा नेपाली उत्पादनहरू निर्यातमा पनि यथोचित जोड दिनुपर्ने देखिन्छ । विश्वभरि अजैविक रसायनरहित शृंगार प्रसाधन उत्पादनको माग बढिरहेको सन्दर्भमा नेपालले आप्mना उत्पादनहरूलाई यही स्वरूपको ब्रान्डमा स्थापित गर्न सक्ने सम्भावना पनि अधिक रहेको छ । विशेष गरी हिमालयको ब्रान्डमा तथा विशेष भूगोलको ब्रान्डमा अजैविक रसायनरहित शृंगार प्रसाधन उत्पादनका लागि नेपाललाई केन्द्र बनाउन सकिने प्रबल सम्भावना रहेको छ । शृंगार प्रसाधन उद्योगको महत्त्वपूर्ण कडीका रूपमा रहेका प्याकेजिङ उद्योगहरू सम्बद्ध अन्य सहायक उद्योगहरूको स्थापना र विकासलाई पनि सोहीअनुरूप प्राथमिकता प्रदान गरिनुपर्छ । यसरी उपर्युक्त सबै पक्षलाई दृष्टिगत गर्दै शृंगार प्रसाधन उद्योगको समग्र पक्ष ( कच्चा पदार्थ उत्पादन, जनशक्ति विकास, अनुसन्धान तथा विकास, संंरक्षण र विकास, करमुक्ति तथा सहायक उद्योगको व्यवस्था) को जग बलियो बनाउनुपर्छ । यसो गर्न सकेको खण्डमा शृंगार प्रसाधन उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई भारत र चीनको विकास बजार लक्षित निर्यातको केन्द्र बन्न सक्ने सम्भावना पनि रहेको छ । यी सम्भावनालाई व्यवहारमा उतार्न नेपाल सरकारले विश्वका अन्य मुलुकहरूमा जस्तै शृंगार प्रसाधन उद्योग विकास गर्ने सानो, छरितो, प्रभावकारी तथा विशेषज्ञयुक्त स्थायी संयन्त्रको व्यवस्था गरिनुपर्छ । यस संयन्त्रले नेपालको समग्र शृंगार प्रसाधन उद्योगको विकास, विस्तार, नवप्रवर्तन तथा निर्यात प्रवद्र्धनमा उत्प्रेरणायुक्त प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गर्न सकोस् । यी व्यवस्थाहरू गर्न सकेको खण्डमा केही वर्षमा नेपाल शृंगार प्रसाधन उत्पादनमा पूर्णतया आत्मनिर्भर हुने देखिन्छ । यस आत्मनिर्भरताको अभियानले सृजना गर्ने रोजगारी र कच्चापदार्थ र सहायक उद्योगको सञ्जालका आर्थिक क्रियकलापहरूले गर्दा मुलुकको समग्र औद्योगिक क्षेत्रमा नयाँ तरंग उत्पन्न हुने देखिन्छ । यो तरंगले नेपालको उद्योगतन्त्रमा विद्यमान जडतालाई गतिशीलतामा रूपान्तरण गर्दै आत्मनिर्भरताको दिशामा एउटा उदाहरणीय पहल सिद्ध हुने निश्चित छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

सम्बन्धित सामग्री

बजेट कार्यान्वयन गरे ६ महिनामा तरकारीमा आत्मनिर्भर : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलबार भीमदत्त पन्त स्मृति दिवसमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत् आयात प्रतिस्थापन...

बजेट कृषिमा केन्द्रीत भएकाले उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न आग्रह गर्नुभयो । उहाँले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताउनुभयो । मन्त्री शर्माले भएको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई […]

बजेटका पाँच उद्देश्य, १० प्राथमिकता

सरकारले आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आज प्रस्तुत गर्नुभएको बजेटमा स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखिएको छ । उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दीगो आर्थिक वृद्धि हासिल गर्ने, […]

श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता मूल आधार : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताए ।बुधबार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । श्रम शक्तिलाई तालीम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिँदै […]

युवालाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताउनुभएको छ । आज बुधवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाण्डौ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाखौँ युवाहरूलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । श्रम शक्तिलाई तालिम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिनुहुँदै मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन स...

तस्बिरमा हेर्नुहोस् भक्तपुरको रोपाइँ, हिलो छ्यापाछ्याप (तस्बिरहरु)

मानो रोपेर मुरी फलाउने महिना, हो असार । अझ असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन पारेर भक्तपुरको नलिनचोकस्थित फाँटमा रोपाइँ महोत्सवको आयोजना गरियो । रोपाइँ महोत्सवमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ आजै १८ औं राष्ट्रिय धान दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा मनाइएको थियो । कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला

संगीतका साधनमा आत्मनिर्भरता

मुलुक समृद्ध हुँदै जाँदा संगीत कलाको पनि समानुपातिक विकास हुँदै जान्छ । जनताको आयस्तरमा हुने वृद्धिसँगै यस क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण पनि सोही अनुपातमा पल्लवित हुँदै जान्छ । मुलुकमा बढ्दो समृद्धिसँगै नेपाल गीतसंगीत क्षेत्र पनि व्यावसायिक हुँदै गएको छ । दोहोरी, लोकगीत, आधुनिक गीत, पपगीत, नृत्य, नाटक, चलचित्र सबैतिर मानिसको आकर्षण बढ्दै गएको पाइन्छ । युट्युबलगायत प्रविधि सञ्जालले कलाकार र संगीतप्रेमीहरूलाई एकआपसमा जोडेको मात्र छैन परन्तु संगीतबाट हुने आयलाई पारदर्शी ढंगबाट प्राप्त हुने आधार पनि तयार गरिदिएको छ । स्वदेशमा मात्रै नभएर विदेशमा बस्ने नेपाली संगीत प्रेमीहरूका कारण यस क्षेत्रको व्यवसाय विस्तारमा ठूलो सहयोग पुगेको छ । मानिसहरूमा संगीतप्रति बढ्दो लगावका कारण संगीतको बजार पनि त्यहीअनुरूप विस्तार भइरहेको छ । गायककारलगायत संगीतकर्मीहरूको जीवनस्तरमा जुन सुधार देखिएको छ । त्यसैले यो क्षेत्र व्यावसायिक हुँदै गएको संकेत गर्छ । नेपालमा संगीत क्षेत्रको विकास र विस्तार भइरहेको संकेत नेपालको आयात व्यापारको तथ्यांकले पनि पुष्टि गर्छ । विगत १२ वर्षमा संगीतका साधनहरूको आयातमा औसत वार्षिक वृद्धिदर करीब २० प्रतिशत रहनुमा पनि यो क्षेत्र विस्तार हुँदै छ भन्ने अर्को संकेत हो । आर्थिक वर्ष सन् २००८/०९ मा संगीतका साधनको आयात करीब रू. ३ करोडको हाराहारीमा रहेकोमा आर्थिक वर्ष २०१८/१९ मा उक्त रकम रू. २३ करोडको हाराहारीमा पुगेको छ । गत आर्थिक वर्षमा महामारी सृजित बन्दाबन्दीका कारण यो क्षेत्रको आयात रू. १५ करोडमा खुम्चिए तापनि परिस्थिति सामान्य हुँदै जाँदा संगीतका साधनको आयातको आयतन भविष्यमा अझ विस्तार हुँदै जाने देखिएको छ । संगीतका परम्परागत नेपाली साधनहरूको उत्पादन नेपालमा हुँदै आए तापनि संगीतका आधुनिक साधनहरू पियानो, हार्मोनियम, गितार, सितार, ब्यान्ड–बाजाका साधनहरू, ड्रमसेटहरू, म्युजिकल कन्सर्टमा प्रयोग हुने साधनहरू, विद्युतीय शक्तिबाट बजाइने संगीतका साधनहरूमा भने नेपाल परनिर्भर रहेको छ । परम्परागत नेपाली संगीतका उत्पादनहरूमा पनि प्रयोग हुने कच्चापदार्थ र पार्टपुर्जाहरूको आयात बढ्दै गएको यस क्षेत्रमा संलग्नहरूको भनाइ रहँदै आएको छ । संगीतका साधनका क्षेत्रमा नेपालको निर्यातको आँकडा उत्साहजनक रहेको छ । विगत १२ वर्षमा संगीतका साधनहरूको आयातमा औसत वार्षिक वृद्धिदर करीब ३१ प्रतिशत रहनु पनि यो क्षेत्र विस्तार हुँदै छ भन्ने अर्को संकेत हो । आर्थिक वर्ष सन् २००८/०९ मा संगीतका साधनको आयात करीब रू. ३ करोडको हाराहारीमा रहेकोमा आर्थिक वर्ष २०१८/१९ मा उक्त रकम रू. ३९ करोडको हाराहारीमा पुगेको छ । चालू आर्थिक वर्षको प्रथम ८ महीनामा यो आँकडा रू. ५४ करोड पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख भएको छ । करीब रू. आधा अर्बको निर्यात भनेको नेपालको निर्यात बास्केटका लागि महत्त्वपूर्ण आँकडा हो । उपर्युक्त तथ्य र तथ्यांकले भविष्यमा संगीतका साधनको बजार, निर्यात र आयात दुवै समानुपातिक रूपमा वृद्धि हुँदै जाने संकेत गर्छन् । उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपाललाई संगीतका साधनहरूमा आत्मनिर्भर बनाउने गरी उपयुक्त रणनीति तर्जुमा गर्नु आवश्यक देखिन्छ । सर्वप्रथम नेपालमा परम्परागत बाजागाजाहरूको स्वदेशमा उत्पादन हुने र ती वस्तुहरू प्रतिस्पर्धी समेत हुने गरी राष्ट्रिय बाजागाजा उत्पादनमा आत्मनिर्भर हुने अभियान शुरू गर्नुपर्छ । यसका लागि नेपाली परम्परागत बाजा उत्पादन गर्न शीप भएका सम्बद्ध जातिहरूलाई आवश्यक साधनस्रोत, तालीम, ज्ञान, सुविधा, प्रोत्साहन, अनुदान र सहयोग उपलब्ध गराई यस क्षेत्रलाई संगठित रूपमा विकास गर्नु आवश्यक देखिन्छ । यसैगरी राष्ट्रिय बाजागाजाहरू उत्पादनमा शीप भएका जातिहरूलाई संगठित गरी आधुनिक बाजाहरू उत्पादनमा पनि उनीहरूलाई संलग्न गराउन उपयुक्त हुन्छ । कम्पनीको मोडलमा बाजागाजा उत्पादन कम्पनीको छातामा सरकारको समेत लगानी र सम्बद्ध शीपयुक्त जातिका शिक्षित युवाहरूको अगुवाइमा यस्ता उद्योगहरू पीपीपी मोडलमा स्थापना गरी अघि बढ्न सकिन्छ । यसका अतिरिक्त संगीतका साधनहरूका लागि आवश्यक पर्ने सहायक उद्योगहरूको पनि सोहीअनुरूप विकास गरिनुपर्छ । यी उद्योगहरूलाई मूल उद्योगमा झैं आवश्यक साधनस्रोत, तालीम, ज्ञान, सुविधा, प्रोत्साहन, अनुदान र सहयोग उपलब्ध गराई यस क्षेत्रलाई संगठित रूपमा विकास गर्नु आवश्यक देखिन्छ । सारमा भन्नुपर्दा नेपालको संगीतका साधनको उद्योगको विकास गर्न सर्वप्रथम यस क्षेत्रको विकासका लागि संगठित प्रयासको शुरुआत गर्नुपर्छ । यो भनेको परम्परागत शीपलाई आधुनिक व्यवस्थापनमा व्यवसायीकरण गर्नु नै हो । दोस्रो यस क्षेत्रको विकासका लागि बाजागाको अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्नुपर्छ ताकि परम्परागतका साथ आधुनिक बाजगाजा क्षेत्रमा पनि प्रभुत्व स्थापित गर्न सकियोस् । दोस्रो यस क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्न निजीक्षेत्र तथा नेपाल सरकारबाट विशेष पहल हुन जरुरी छ । संगीतका साधनका लागि आवश्यक पर्ने कच्चापदार्थ, पार्टपुर्जा र प्याकेजिङ सामग्रीको आयात, ओसारपसार र भण्डारणमा अनुदान र छूटको पनि त्यत्तिकै खाँचो रहेको छ । निर्यातको आँकडा उत्साहजनक रहेको सन्दर्भमा यस क्षेत्रलाई अझ प्रोत्साहित गर्न कम्तीमा छिमेकी मुलुकले आफ्ना संगीतका साधन उत्पादन उद्योगहरूलाई प्राप्त सुविधाहरू यस्ता नेपाली उद्योगहरूलाई पनि उपलब्ध गराउने व्यवस्था हुन जरुरी छ । यस्ता सहयोग, प्रोत्साहन, अनुदान र छूटले नेपाली उत्पादनहरू विदेशी बजारमा प्रतिस्पर्धी हुन थप मद्दत मिल्ने देखिन्छ । यसरी संगीतका साधन उद्योगहरूको विकासमार्फत यी उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन गर्ने रणनीति अपनाउँदा स्वदेशमा बाजागाजा उद्योगको दरिलो आधार तयार हुने, व्यापारघाटा न्यूनीकरणमा केही मात्रामा भए पनि योगदान हुने र स्वदेशमा रोजगारीका नयाँ अवसरहरू सृजना हुने देखिन्छ । उपर्युक्त पक्षहरूलाई दृष्टिगत गर्दै यी विषयलाई उच्च प्राथमिकताका साथ सरकार, निजीक्षेत्र तथा सामाजिक संघसंस्थाहरूले आफ्ना क्षेत्रमा उचित पहल लिनु जरुरी छ । यसो गर्न सकेको खण्डमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पलाई मूर्तरूप दिन संगीतका साधन उत्पादन गर्ने उद्योगले पनि निश्चित तहको योगदान दिने निश्चित छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

पशुजन्य उत्पादनमा आत्मनिर्भरता( सम्पादकीय)

पछिल्लो समय नेपालले विकास र समृद्धिका लागि गरेको लगानीका परिणाम देखिन थालेका छन् । कृषि तथा पशुपालनलाई सरकारले आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको भरपर्दो क्षेत्र बनाउन ल्याएका विभिन्न कार्यक्रमको सफलतासँगै मुलुक धुलो दूध (एसएमपी), बटर (नौनी), मासु र अण्डामा आत्मनिर्भर भएको छ । केही वर्षअघिसम्म यस्ता खाद्यपदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने गरिन्थ्यो । कृषिका हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले हाल एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भरता घोषणाको तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल धुलो दूध, बटर, मासु, अण्डा उत्पादनमा आत्मनिर्भर रहेको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।