महामारीमा हिमालय एअरलाइन्सको सवा २ करोडको नि:शुल्क कार्गो उडान, कोरोना फण्डमा १० लाख

काठमाडौं । हिमालय एअरलाइन्सले सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखासहित प्रतिवेदन सार्वजनिक गरेको छ । सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको वृद्धिलाई टेवा पुर्‍या उने कार्यमा मद्दत गर्न इच्छुक रहँदै आएको एअरलाइन्स स्थापना वर्षदेखि नै हिमालय एअरलाइन्स् सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न हुँदै छ । एअरलाइन्सले आज […]

सम्बन्धित सामग्री

हिमालय एयरलायन्सले चीनबाट कोभिडविरुद्धको खोप नि :शुल्क ढुवानी गर्ने

जेठ १८, काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले २ लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो ।            उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो खेपको खोप मंगलवार बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप बिहान ६ः२८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको हो ।            २ लाख मात्र खोप ४१७ ओटा बाकसमा राखिएको बताइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधवार पुनः चीन जानेछ । चार ओटा निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली २ करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए ।            कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा १ करोड रुपैयाँ जम्मा गरेको थियो ।            यस्तै आम्दा हस्पिटल (दमक), लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटललगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पीपीई आदि सहयोग गरिसकेको छ । रासस