नेपाली काँग्रेसले तीनवटा नयाँ भ्रातृ संगठनलाई पार्टीको मान्यता दिएको छ । काँग्रेस केन्द्रीय समिति बैठकले उक्त मान्यता दिएको हो । जसमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल खेलकुद संघ रहेका छन् ।त्यस्तै यसअघि पार्टीको भ्रातृ संगठनको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवा खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अवद्ध संघका रुपमा रहने निर्णय पनि काँग्रेसले गरेको छ ।