काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र त्यसमाथि छलफल गर्न प्रदेश प्रमुखले डाकेको प्रदेशसभा अधिवेशन असंवैधानिक रहेको भन्दै परेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदैछ । प्रदेशसभा सदस्य लिला गिरीले दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी राखिएको छ । यसअघि मंगलवार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा […]