म्याग्दी नदी नियन्त्रणको काम अझै सुरु भएन, सात बस्ती उच्च जोखिममा

म्याग्दी : म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरु नहुँदा त्यस क्षेत्रका स्थानीय वासिन्दाहरु चिन्तित भएका छन्।म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै सुरु नहुँदा स्थानीय चिन्तित भएका हुन्।कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भन