बाँकेमा जसपाले गठबन्धन नगर्ने

स्थानीय तहको चुनाव तालमेल गर्ने भनि बाँके जिल्लामा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ ।नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा जसपाले गठबन्धन नगरी आफ्नो तरिकाले चुनावी मैदानमा जाने धारणा राखेको हो । अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राइले बताए ।बाँके जिल्लामा अरु दलभन्दा जसपा बलियो छ, एक्ला एक्लै चुनाव लडेपनि चुनाव जित्ने अव

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धन छाडेर दुई जिल्लाबाट बाहिरियो जसपा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ । शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो । नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै […]

बाँकेमा जनता समाजवादी पार्टीद्वारा गठबन्धन नगर्ने निर्णय

जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमा समेत पठाई सकिएको जनाइएको छ । जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।