नेपाल र भारत आज भिड्दै, दुबै टोली जितको खोजीमा

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि बिहीबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य राखेका छन् । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् । आजको खेलमा हेर्न आउन

सम्बन्धित सामग्री

साफ यू-२० च्याम्पियनसिप : आज नेपालले भारतको सामना गर्ने

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ  । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।  नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् ।