लोक तथा दोहोरी प्रतिष्ठानको पहलमा कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले कोभिड-१९ विरुद्धको खोप सञ्चालन गरेको छ। आज सोमवारदेखि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा कलाकारहरुले पहिलो चरणको खोप लगाएका छन्। कोरोनाविरुद्धको खोप लगाउन लोक दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। गायक खुमन अधिकारी, शिव हमाल, राजु ढकाल, देवी घर्ती लगायतका कलाकारहरुले…