काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सरकार गठनको प्रक्रियामा 'आउट' भएका छन्। पहिलो संविधानसभाको चुनावपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्ड नै निर्णायक हुन्थे। उनकै प्रस्तावमा केपी शर्मा ओली, झलनाथ खनाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने।सरकार गठन प्रक्रियामा प्रचण्डको संलग्नता नभइ कसैको सरकार बन्दैनथ्यो। मूलधारको राजनीति उनकै वरिपरी घुम्थ्यो।तर यसपटक प्रचण्ड पहिलोपटक सरकार गठन प्रक्रियाबाट 'आउट' भएका हुन्।