ओनसरी घर्ती काठमाडौं-२ बाट पराजित

काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लडेकी पूर्वसभामुख ओनसरी घर्ती पराजित भएकी छन्। घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्। २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी २०७० सालमा संविधानसभाको उपाध्यक्ष भएकी धर्ती २०७२ देखि २०७४ सालसम्म संसदको सभामुख भएकी […]

सम्बन्धित सामग्री

काठमाडौं–२ बाट शोविता गौतम निर्वाचित, ओनसरी चौथो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी शोविता गौतम काठमाडौं २ बाट निर्वाचित भएकी छन्। गौतम १५ हजार १२९ मत पाउँदै विजयी भएकी हुन्। दोस्रो स्थानमा नेकपा एमालेका मणिराम फुयाल रहेका छन्। फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे।तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४७ मतसहित चौथो स्थानमा पुगेकी छन्।

काठमाडौं २ मा सोबिता गौतम दोब्बर मतले अगाडि

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी दोब्बर मतले अगाडी देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार सोबिता गौतमले ८०८ मत प्राप्त गरेकी छिन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्। राष्ट्रिय […]

काठमाडौं-२ :  ३ सय मत गन्दा घण्टी पहिलो स्थानमा

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पाटीकी उमेद्वार सोभिता गौतमले अग्रता लिएकी छिन्। ३ सय मत गणना गर्दा सोभिता गौतम  ९६,मणिराम फुयाल ६९,ओनसरी घर्ती ४९,कुन्ती देवी पोखरेल ४२ मत प्राप्त गरेकी छिन्।

काठमाडौं-२ मा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ । काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।

काठमाडौं २ मा मेरो जित सुनिश्चित भइसक्यो: ओनसरी घर्ती

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेको बताएकी छिन् ।

काठमाडौं–२ : मुख्य प्रतिस्पर्धामा ओनसरी र मणिराम

सचिना बानियाँ काठमाडौँ,२२ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा छन् । घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा […]

प्रधानमन्त्रीमा महिलालाई अवसर दिनुपर्छः ओनसरी घर्ती

काठमाडौं, ११ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले कसैले चाहँदैमा गठबन्धनको मत दायाँबायाँ नहुने बताएकी छन् । ‘मेरो उम्मेदवारी महिलाहरुको पहुँच, प्रतिनिधित्व र प्रोत्साहनका लागि हो, व्यवस्थाको रक्षा र जनताको समृद्धिका लागि हो । कतिपयले सोचेजस्तो मेरो जित चुनौतीपूर्ण छैन । गठबन्धनको मत दायाँबाया हुनेवाला छैन । […]

यसपटक जितेँ भनेँ काठमाडौं–२ बाट अन्त जान्नँ : ओनसरी घर्ती

काठमाडौं: सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्।आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकिर गर्दै उनले यो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका

जनताको सेवामा निरन्तर लाग्छु : ओनसरी घर्ती

काठमाडौँ – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं–२ की उम्मेदवार ओनसरी घर्तीले आफू निरन्तर जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्। सोमबार शंखरापुर नगरपालिकाले तिहार लगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा […]

ओनसरी घर्ती पार्टीको भन्दा देशको हित हेर्ने व्यक्ति हो : प्रधानमन्त्री देउवा

३० असोज, काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाड‍ौं-२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन् । काठमाडौं–२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताए । उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास […]