सवारी आयात प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल कायम सवारीसाधन आयातमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेको छ ।अध्यक्ष धु्रव थापाको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी […]

सम्बन्धित सामग्री

खुकुलो मौद्रिक नीति आए अटो विक्री बढ्ने आशमा अटोमोबाइल्स व्यवसायी

काठमाडौं। विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यतिर सरकारले अटो कर्जासम्बन्धी व्यवस्थामा कडाइ गर्‍यो । त्यसको केही समयपछि अटोमोबाइल्सको आयातमै सरकारले प्रतिबन्ध लगायो । कर्जामा कडाइ र आयात प्रतिबन्धले अटोमोबाइल्स व्यवसाय नै धराशयी  बन्न पुग्यो ।  अटोमोबाइल्स व्यवसायीको दबाब र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आएपछि सरकारले आयात प्रतिबन्ध हटाइसकेको छ । तैपनि अटोमोबाइल्सको विक्री  बढ्न नसकेको व्यवसायी बताउँछन् ।  अटो व्यवसायीले अहिलेको समयमा विक्री नबढ्नुमा बजारमा व्याप्त आर्थिक शिथिलता र ग्राहकको क्रयशक्तिमा आएको कमीको हात रहेको बताएका छन् । कसिलो मौद्रिक नीतिले परिस्थितिलाई अझ खराब बनाएको उनीहरूको दाबी छ ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिमार्फत अटो कर्जामा जोखिम भार कम गर्न र हायर पर्चेज कर्जाको सीमा बढाउन सरकारलाई सुझाव दिएको छ । गतवर्षबाट वृद्धि भई १ सय ५० प्रतिशत कायम भएको अटो कर्जाको जोखिम भारलाई पुरानै ७५ प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ ।  नाडाले हायर पर्चेज कर्जाको सीमालाई पनि अहिलेको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ । पहिले पनि हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत नै थियो ।  बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सुधार भइसक्दा पनि उच्च जोखिम भारका कारण अटोमोबाइल्स क्षेत्रमा लगानी नआएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापा बताउँछन् । ‘अहिले पहिलेको जस्तो तरलता अभावको  स्थिति छैन ।  बैंक, वित्तीय संस्थामा आवश्यक तरलता छ । तर, अटोमोबाइल्सको उच्च जोखिम भारका कारण वित्तीय क्षेत्रले लगानी गरिरहेको छैन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा रहेको दबाबका कारण पनि जोखिम भार बढेको थियो । तर, अहिले त विदेशी विनिमय सञ्चितिमा त्यस्तो दबाब पनि छैन । आगामी मौद्रिक नीतिबाट जोखिम भार घटाउनैपर्छ भन्ने हाम्रो माग हो ।’ नाडा अध्यक्ष थापाका अनुसार हायर पर्चेज कर्जाको सीमा पनि ८० प्रतिशत कायम गर्नुपर्छ । सबैतिर आर्थिक शिथिलता छ । ५० प्रतिशतको सीमाले किन्दा नै आधा रकम तिर्नुपर्दा ग्राहक भेट्न गाह्रो हुन्छ, जसबाट विक्री  घट्न पुग्छ । अटोमोबाइल्स विक्री घट्दा त्यसको असर सरकारको राजस्वमा पनि पर्ने उनले बताए । चालू आवमा कम राजस्व संकलन हुनुको कारण अटोमोबाइल्सको विक्री घट्नु नै रहेको नाडा अध्यक्ष थापाको भनाइ छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अटोमोबाइल्स व्यवसायीका मागलाई सकारात्मक रूपमै लिएको अध्यक्ष धुव्र थापाले जानकारी दिए । ‘आर्थिक स्थिति गतवर्षको तुलनामा सुधार भएकै हो । अब तपाईंहरूको यो मागको सन्दर्भमा के कति गर्न सकिन्छ, त्यो कुरालाई आगामी मौद्रिक नीतिमा समेटने प्रयास गर्नेछौं,’ गभर्नर अधिकारीको भनाइ उद्धत गर्दै नाडा अध्यक्ष थापाले भने ।  आर्थिक अभियानले अटोमोबाइल्स व्यवसायीको मागका विषयमा नेपाल राष्ट्र बैंकमा बुझ्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त भएन । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले यो विषयमा केन्द्रीय बैंकले कुनै टिप्पणी नगर्ने बताए । ‘यस विषयमा नेपाल राष्ट्र बैंकको विचार मौद्रिक नीतिमार्फत नै स्पष्ट रूपमा आउँछ । अहिले हामी केही बोल्दैनौं,’ सहप्रवक्ता पोखरेलले भने ।

अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

काठमाडौँ- अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको हो । नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्समा आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए । अटोमोबाइल्स […]

निजी गाडी आयात प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

२४ असोज, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ । सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ । सरकारले विदेशी मुद्रा […]

कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप