राजधानीका सडकमा वर्षौदेखि सास्ती : चैतसम्म सकिएला निर्माण ?

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौंका सडकहरू वर्षौंदेखि अलपत्र  अवस्थामा छन्। उपत्यकाको चक्रपथ बाहिरका सडकहरू वर्षौदेखि कालोपत्रे हुन नसक्दा हिलो र धुलो सास्ती कायमै रहेको छ। इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्म नासा खोला, हरिसिद्धि,जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु,गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षौंदेखि हिलो,धुलोको  सास्ती भोग्दै आएका छन्। वर्षातको समयमा हिलोको सास्ती खेपेका स्थानीयले यति वेला धुलोको सास्ती भोगिरहेका छन्। कालोप

सम्बन्धित सामग्री

पुल निर्माण सुस्त गतिमा

गुल्मी, ४ चैत । गुल्मीमा चार पक्की पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । सम्झौता बमोजिम तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । हुलाके, धनार्जी, घमिर र फूलबारीमा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । तम्घास–सिमलटारी सडक खण्डअन्र्तगतका ती पक्की पुल समयमै निर्माण नहुँदा यात्रुले वषौँदेखि सास्ती खेप्दै आएका छन् । सडक […]

तम्घास-सिमलटारी सडक कालोपत्रे भएको ४ वर्षसम्म पनि बनेनन् पुल

४ चैत, गुल्मी । मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ । सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु परेको हो । सडकखण्डको हुलाके, धनार्जी, पुलवारी र घमिरका खोलामा पुल नबन्दा सानाठुला सवारी साधान र […]

नारायणगढ–बुटवल सडक समयमा निर्माण नहुँदा यात्रुलाई सास्ती, दुर्घटनाकाे जाेखिम

काठमाण्डाै - नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । सडकका कारण यातायात व्यवसायी र गाडी चालक पनि हैरान भएका छन् । यो सडक खण्डमा दुर्घटना समेत हुने जोखिम बढेको छ । ठेकेदार कम्पनी जिम्मेवार नहुँदा र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुने प्रवृत्तिका कारण यात्रुले सास्ती पाउँदै आएका छन्  । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पूरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ। २०७५ साल चैत ८ गते नाराय...

अलपत्र चारलेन सडक निर्माण शुरू

राँझा । बाँकेको खजुरा बजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण शुरू भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधवारदेखि काम शुरू गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नुपरेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए । २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । २०७८ चैत ३० मा पहिलोपटक म्याद गरिएको थियो, जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ सालमा काम शुरू भएयता निर्माण कम्पनीले करीब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ । रासस

आठ वर्षसम्म पनि बनेन दाङको पत्रेखोला पुल

२१ चैत, दाङ । तुलसीपुर–घोराही मुख्य सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष ०७१-०७२ मा सम्झौता भएर निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । पुल नबन्दा घोराही–तुलसीपुर सडकखण्डमा दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रुले सास्ती व्यहोर्दै आएका […]

म्याग्दीको बेगखोलामा मोटरेबल पुल निर्माण शुरू

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगंघा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण शुरू भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्प्यान भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरू गरेको जानकारी दिए । ‘११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,’ उनले भने, ‘२०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ ओटा घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो । पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुंगे पुल निर्माण शुरू गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुंगे पुल पुनर्निर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झञ्जट हट्ने अपेक्षा गरिएको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माण गरेको छ । २०७४ फागुनमा १९ करोडमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले महभीरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।      गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा मोटरेबल पुल निर्माण सकिएको छ । १८६ किलोमिटर दूरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत थप एउटा निर्माणको अन्तिम चरण र १२ ओटा निर्माणाधीन छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए । रासस

सडकको धुलोले लेगुवाबासीलाई सास्ती

वैशाख २१, धनकुटा । यातायात साधन गुड्दा र हावा चल्न थाल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ । त्यही उडेको धूलोले शरीर भरिन्छ । यस्तैमा दिनभरि भिडिरहन्छन् मानिसहरु हिडिरहनु पर्ने बाध्यता छ लेगुवाबासीलाई । दिनभरि लेगुवामा बसेका मानिसहरुलाई साँझमा नुहाउन नसके सुत्नै कठिन हुन्छ । अझ खानेकुरा र सुत्ने ओछ्यान धुलोले भरिएर झनै समस्या हुने गरेको छ । सडकमा उड्ने धुलो लेगुवाबासीका लागि स्वास्थ्य चुनौती बनेको छ ।  मध्यपहाडी लोकमार्ग अन्तरगत हिले–लेगुवा सडक कालोपत्र नहुँदा आइपरेको समस्या हो यो । सडक कालोपत्र नहुँदा यात्रुहरु वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् भने अर्कोतिर सडकमा उडेको धुलोका कारण स्थानीय ग्रसित छन् । सडक कालोपत्र गर्न ठेक्का गरेको समय सकिएर पटक पटक थपिएको म्याद पनि सकिँदा समेत सडक कालोपत्रको काम सकिएको छैन । सरकार र निर्माण कम्पनीले विभिन्न बहानामा सडक कालोपत्र नगर्दा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीयले राम्रो खान, राम्ररी सुत्न नपाएको र धुलोकै कारणले विभिन्न रोग लाग्न थालेको स्थानीय सुवन श्रेष्ठले बताए ।  उनले निर्माणको जिम्मा पाएको कम्पनीले विगत २ वर्षदेखि सडक कालोपत्रे गर्ने भनेर प्रतिवद्धता जनाएको र सहज परिस्थितीमा काम नगरेर अहिले परिस्थिती नभएको भनेर भाग्न खोजेको गुनासो गरे । सडक कालोपत्र नहुँदा धुलोका कारण होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ । ‘कहिलेकाहिँ त धुलोको कारणले कति दिन बाँचिएलाजस्तो हुन्छ’, श्रेष्ठले भने ‘अत्याधिक धुलो उड्न थालेपछि त बसाइँ नै सर्नुपर्छ कि जस्तो लाग्छ तर, कहाँ जाने आफ्नो ठाउँ यहि हो भनेर चित्त बुझाउनु परेको छ ।’ लेगुवा बजारमा गर्मी भइरहने ठाउँ भएकाले सुख्खा नै रहने धुलो अत्याधिक उड्ने गरेको छ । श्रेष्ठ भन्छन् ‘एकवर्ष अघिसम्म पनि मैले खासै महसुस गरिन । यो वर्ष भने लेगुवामा बस्नै नसकिने हो कि जस्तो भएको छ ।’ घरै छेऊमा भएको सडकमा सवारी साधन आवतजावत गर्दा धुलोले घरै छोप्ने महालक्ष्मी नगरपालिका ५ लेगुवाका नारायण प्रसाद धमलाले बताए । धुलोले कपडा धोएर सुकाए पनि कपडा सुक्न नपाई धुलोले खाने धमलाको भनाइ छ । ‘धुलो ले खपिसक्नु छैन खाना खान लाग्यो सडकमा गाडी हुइँकिन्छ । सबै धुलो जति घरभित्र पस्छ’, धमलाले भने, ‘हतार हतार खाना छोप्नु पर्छ । नत्र सबै खानामा पस्छ ।’ सडक कालोपत्र नहुँदा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीय विभिन्न रोगको शिकार बनेको र वर्षामा हिलोले गाडि फस्ने गरेको स्थानीय देबकुमार श्रेष्ठले बताए । धुलोको कारणले स्थानीय रोगको शिकार बनेको र पटकपटक निर्माण कम्पनीसँग कुरा गरेको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । सडक कालोपत्र नहुँदा धनकुटाबासी मात्रै नभइ भोजपुर र संखुवासभाबासी पनि पीडित भएको श्रेष्ठको भनाइ छ । ‘मुखमा पस्ने धूलोले त कहिले सास फेर्नै कठिन होलाजस्तो हुन्छ’, उनले भने ‘घरको कोठादेखि बजारभरि धुलो नभएको कतै छैन ।’ के हुँदैछ काम ? करीब ३६ करोडको लगानीमा सडक निर्माणको ठेक्का लिएको विरुवा कन्स्ट्रक्सनले पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडकको ५ केही स्थानहरुमा कालोपत्र र अधिकांश ठाउँमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ । लेगुवाको राम बजार भोजपुर र संखुवासभा प्रवेश गर्ने एक मुख्य बजार पनि हो ।  यो सडक एक वर्ष अघि नै कालोपत्र भइसक्ने भनेर निर्माण कम्पनीले बताएको भएपनि हालसम्म नभएको स्थानीयले गुनासो गरेका छन् । मध्यपहाडि लोकमार्ग अन्तरगत धनकुटा हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंगा कन्स्ट्रक्सन र पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडक विरुवा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएका थिए ।  सम्झौता अनुसार २०७६ चैत मसान्तभित्र सडकमा कालोपत्र गरिसक्नु पर्ने थियो । तर, सो समयमा काम सम्पन्न नभएपछि सम्झौता अवधि गत पुस १५ सम्म थपिएको थियो । थपिएको अवधिभित्र पनि सडक कालोपत्र नभएपछि सरकारले गत माघ ११ गते पुनः आगामी असार मसान्तसम्म म्याद थप गरेको छ । अब थपिएको सम्झौता अवधिभित्र निर्माण सक्न निर्माण कम्पनीसँग मिलेर काम गर्ने मध्यपहाडी आयोजना कार्यालय पाँचथरका प्रमुख सुरेश न्यौपानेले बताए ।  उनले हिलेदेखि लेगुवासम्मको सडकमा अधिकांश ठाउँमा काम भइरहेपनि कोरोना संक्रमणको दोस्रो लहर समस्या पार्ने हो कि भन्ने चिन्ता थपिएको बताए । मध्यपहाडी आयोजना प्रमुख न्यौपानेले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरी सडक निर्माणको लागि चाहिने सामग्री नेपाली बजारबाट ढुवानी भइरहेपनि भारतबाट ल्याउने सामान आयात गर्न समस्या भइरहेको बताए ।  यता विरुवा कन्स्ट्रक्सनका सञ्चालक सुवित श्रेष्ठले गत वर्ष भएको लकडाउनले केही असर गरेको र यो वर्ष पनि देशका केही जिल्लामा भएको लकडाउनले कालोपत्र सक्न समस्या भएको जानकारी दिए । उनले सडकको काम धमाधम भइरहेको भएपनि निर्माण सामग्री सकिन लागेकाले कोरोनाको दोस्रो लहरका कारण ल्याउन समस्या भइरहको बताए ।  ‘१३ किलोमिटर सडकमा ५ किलोमिटर कालोपत्र गरिएको र यो महीना थप ५ किलोमिटर सडक कालोपत्र गरिने योजना छ ।’ श्रेष्ठले भने ‘जेठमा बाँकी ३ किलोमिटर सडक कालोपत्र गरेर असारमा फिनिसिङको काम गर्ने योजनामा रहेका छौ, कोरोना कति असर गर्ने हो थाहा छैन ।’

फर्किंदै सहरतिर, व्यहोर्दै सास्ती

चैत ११ बाट सुरु भएको लकडाउन खुकुलो मात्र भएको छ, सकिएको छैन । यसबीच निर्माण क्षेत्रमा काम गर्ने र सहरका

ठेकेदार सांसद भए, सडक निर्माण अलपत्र

२६ चैत, जनकपुरधाम । हुलाकी सडकलाई तराई मधेसको आर्थिक समृद्धिको ढोका खोल्ने राजमार्ग भन्ने गरिन्छ । तर, त्यही सडक निर्माणमा ठेकेदारले लापर्वाही गर्दा जनकपुरबासीले भने दैनिक सास्ती भोग्दै आएका छन् । जनकपुरको कदमचोकदेखि पूर्वी धनुषाको कमलसम्म सडकमा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने अवस्था छ । सम्झौता सकिने चार महिना …