कैलालीमा खोलाले बगाउँदा युवती बेपत्ता

३१ असार, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक युवती बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–६ लालपुरमा स्थानीय गौरीदेवी खोलामा नुहाउने क्रममा सोही ठाउँकी १८ वर्षीया आरती घर्तीमगर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बिहीबार दिउँसो खोलामा नुहाउने क्रममा घर्तीमगर बगेर बेपत्ता भएको जानकारी दिंदै खोजी कार्य […]