प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी - Purbeli News

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् । नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् । माधव...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव फिर्ता (हस्ताक्षरकर्ताको नामावलीसहित)

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको हस्ताक्षर केही प्रदेश सभा सदस्यले फिर्ता लिएका छन्।  नेकपा एमालेको माधव नेपाल समूहका १६ जनाले सामूहिक रुपमा हस्ताक्षर फिर्ता गरेका हुन्। बुधबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। निर्देशनपछि मंगलबार १६ जनाले हस्ताक्षर फिर्ता लिएका प्रदेशसभा सचिवालयले जनाएको छ। गत पुस १२ गते तत्कालीन नेकपा प्रचण्ड–माधव समूहका ३७ ज

थन्कियो अविश्वास प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा नेकपाका प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको एक महिना नाघ्यो । माघ ७ गते एक पटक बसेर स्थगित भएको प्रदेशसभा बैठक कहिले बस्छ भन्ने निश्चित छैन । प्रदेशसभा सचिवालयमा प्रचण्ड नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपामा ठूलो तरंग छाएको थियो । प्रदेशसभा अनिश्चित बनेपछि प्रचण्ड नेपाल समूह विरोध समूहमा व्यस्त हुँदै गर्दा अविश्वास प्रस्ताव पनि त्यसै थन्किएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

काँग्रेसले माग्यो मुख्यमन्त्री

काँगेसले प्रदेश सरकारमा आफूलाई मुख्यमन्त्री दिने नेकपाका समूहसँग सहकार्य गर्ने रणनीति लिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दाहाल नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुबै प्रदेशमा सरकार गठन गर्न काँग्रेसको समर्थन अनिवार्य देखिएको समाचारमा उल्लेख गरिएको छ ।

प्रदेशमा मुख्यमन्त्री काँग्रेसले पाउने सम्भावना, नेकपाका दुबै पक्षको आयो अफर

प्रदेश सरकार फेरबदलको कसरमा चलिरहेको बेला नेकपाका दुबै समूहले काँग्रेसलाई प्रदेश १ र बागमतीमध्ये एउटमा मुख्यमन्त्री दिन सकिन भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुबै समूहले मुख्यमन्त्री भागबण्डा गरेर गठबन्धन गर्ने औपचारिक प्रस्ताव गरेपनि सहमति नहुँदा निर्णय गर्न भने नसकेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । नेकपाको केपी ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र बागमतीमा प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश १ का तीन सांसदले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल पक्षका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्दै ओली पक्षमा लागेका छन् ।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गरेका हुन् ।उनीहरुले सोमबार संयुक्त रुपमा प्रदेश सचिवालयका सचिवलाई निवेदन लेख्दै अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका हुन् । ‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर

प्रतिशोधले मुठभेडतर्फ नेकपा प्रदेश १ को राजनीति

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गएको आइतबार अविश्वास प्रस्ताव दर्ता भयो। ओली निकटका मुख्यमन्त्रीले आफूविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव पेस गरेको भोलिपल्ट सोमबार अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रचण्ड–माधव समूहका १९ जनालाई २४ घण्टे लिखित स्पष्टीकरण सोधे।उनले दलको विधानअनुसार आफू दलको नेताको हैसियतले  लिखित स्पष्टीकरण सोधेका थिए।मंगलबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर आफ्ना समूहका भीम आचार्यलाई दलको

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग स्पष्टीकरण माग

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्नुभएको छ । प्रदेश सभा र संसदीय दलमा अविश्वासको प्रस्ताव पेस गर्ने १९ जना प्रदेश सभा सदस्यहरूलाई कारबाही किन नगर्ने भन्दै दलका नेता राईको निर्देशनमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोमबार २४ घण्टे स्पष्टीकरण सोध्नुभएको ह...

अविश्‍वासको प्रस्ताव प्रदेशसभामा फेस गर्छु : मुख्यमन्त्री राई

विराटनगर । आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त्यसलाई

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।