शेयर बजारमा पुस ७ पछिकै न्यून भयो कारोबार, २५ अंकको उतारचढावसहित हरियोमा बन्द

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव ८५ अंक बढेर १ हजार ९५३ दशमलव शून्य ६ विन्दुमा पुगेको हो ।   मंगलवार बजार केही सम्हालिन खोजेको देखिन्छ ।  वाणिज्य बैंकसहित विकास बैंक र वित्त कम्पनीहरूले चैत महीनामा ब्याजदर घटाउने निर्णय गरेकाले शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । घटबढ भइरहने बजारमा लगानी गर्नुपूर्व बजारको ट्रेण्ड, कम्पनीका आधारभूत र प्राविधिक पक्ष हेरेर लगानी गर्न विश्लेषकहरू सुझाउँछन् ।  यस दिन कारोबारमा आएका २५५ धितोपत्रको ३३ लाख १८ हजार १०८ कित्ता २६ हजार ४७३ पटकमा रू. १ अर्ब १३ करोड बराबर कारोबार भएको छ । यो पछिल्लो समय पुस ७ गते भएको १ अर्ब ५ करोड रुपैयाँपछिकै सबैभन्दा न्युन कारोबार रकम हो । कारोबारमा आएका धितोपत्रमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. १ हजार ३२५ दशमलव ९० पुगेको हो । दोस्रोमा शुभम पावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भई रू. ४२६ दशमलव ५० पुगेको छ ।  मंगलवार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ६४ प्रतिशत घटेर रू. ८ दशमलव २० मा झरेको छ । त्यस्तै दोस्रोमा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत घटेर रू. ९७८ दशमलव १० कायम भएको छ ।  यस दिन एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. १० करोड ४८ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्यप्रतिकित्ता रू. ७६४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड ४४ लाख बराबर कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकीको बढेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक २ दशमलव ३८ प्रतिशत घटेको छ । सबैभन्दा बढी वित्त समूहको शून्य दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ । लघुवित्त समुह बाहेक अरु सबै समुह हरियो रहेको बजारमा कारोवार रकम भने डेढ अर्ब तलै रह्यो । आइतबारको गिरावटसँगै १८ सय ८८ पुगेको बजारमा सोमबार १७ अंकले बढेर १९ सय ६ कायम भएको छ । सोमबारको कारोबारमा जीवन बिमा समूहमा सबैभन्दा बढी १ सय […]

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । साताको सुरुकै दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आयो । नेप्से ३२ अंक बरारबले झरेर १८ सय ८५ मा आएर थामियो । कारोबार अर्ब हाराहारीमै सीमित रह्यो । सबै समूह राताम्मे रहे । निर्जीबन बीमा र उत्पादनमूलक समूहमा सय अंक हाराहारीको गिरावट आउँदा बाँकी पनि अधिकांश समूह दोहोरो अंकले झरे । आइतबार […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ । मंगलबार ओरालो लागेको बजारमा बुधबार पुनः हरियो देखिएको छ । कारोबार भने मंगलबार अर्ब नाघेकोमा बुधबार अर्ब तलै खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १९ सय ११ कायम भयो । व्यावार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहमा […]

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आइतबार करिब १ सय अंकको हाराहारीले उकालो लागेको शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । आइतबारको तुलनमा सोमबार कारोबार रकम पनि कमी आयो । २३ अंकले ऋणात्मक रहेको बजार सोमबार १९ सय ३३ विन्दुमा कायम भएको छ । ओरालो लागेको आजको बजारमा जीवन बीमा समूहमा भने १ सय १४ अंकले सकरात्मक […]

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा मंगलबार पनि उच्च अंकको गिरावट जारी रह्यो । नेप्से २ हजारको लाइनमा आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ४५ अंकले झरेर २ हजार २० मा आएर थामियो । सबै समूह ओरालो लाग्दा निर्जीवन बीमा र उत्पादनमूलक समूह सय अंक बढीले घटे । अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । मंगलबार सामान्य अंकले उकालो लागेको शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच १४ अंकले सुधारिएको बजारमा कारोबार एक अर्बमैै सिमित हुँदा शेयर संख्यामा पनि कमी आएको छ । सबै समुह हरियो रहेको बुधबार बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समुहमा १ सय ३४ अंकको सुधार आयो । यस्तै, जीवन बीमा, […]

शेयर बजारमा ४१ अंकको गिरावट

एजेन्सी । आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसुचक नेप्से ४१ अंकले ओरालो लागेर २५ सय ७२ मा आइ थामियो । कारोबार भने पछिल्ला दिनका तुलनामा सुधारिएर ५ अर्ब नजिक पुग्यो । आयतबार कारोबारमा आएका १३ वटा समूहको परिसुचक मध्ये निर्जीवन बीमा समूह बाहेक अरु सबै समूह ऋणात्मक […]

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, भदौ २२ । अघिल्लो दिन उच्च बृद्धि आएको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ४४ अंकले ओरालो लागेर २९ सय ३६ कामय भएर थामियो । यस दिन कारोबार पनि साढें ७ अर्बमा खुम्चियो । पछिल्ला दिन ओरालो लाग्दै आएको बजारमा अघिल्लो दिन नेप्सेमा ऐतिहासिक बृद्धि आएको […]

शेयर बजारमा उच्च अंकको गिरावट, अधिकांश समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आयोे । बजार परिसुचक नेप्से ४९ अंकले ओरालो लागेर ३ हजार ४५ बिन्दुमा आई थामियो । यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आयो । यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च ३ सय ४ अंकको गिरावट आउँदा निर्जिवन बिमा समुह पनि २ सय ५३ अंकले […]

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, असार ३१ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पनि औसत दिनका तुलनामा सुधारियो । उतारचढाव बिच बजार परिसुचक नेप्से ११ अंकले उकालो लागेर २८ सय ८३ बिन्दुमा पुग्यो । यसदिन आधाजसो समूह उकालो लागे भने आधा समूह ओरालो लागे । यसदिन जलविद्युत समुह सबैभन्दा उच्च ५६ अंकले […]