अर्थमन्त्री शर्माले दुखाए ४४ लाख सेयर लगानीकर्ताको मन, युवराज खतिवडा बन्ने चिन्ता

माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा युबराज खतिवडाको बाटोमा लागेको विश्लेषण हुन थालेको छ। नेपालको सेयरबजारबाट एक सय जनाले मात्र कमाएको र अरु सबै लगानीकर्ता डुबेको अभिव्यक्ति दिएका अर्थमन्त्री शर्माका पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले उनी सेयरबजारले नरुचाएका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको लाइनमा अगाडी बढेको विश्लेषण हुन थालेको हो। मिनीसंसद मानिने अर्थसमितिको बैठकमा सार्वजनिक रुपमा नै नेपालको सेयरबजारबाट एक सय ठुला र बाठा लगानीकर्ताले मात्र कमाएका र अरु सबैले गुमाईरहेको अभिव्यक्ति दिएपछि शर्मा विवादमा तानिएका थिए। र उनको यो अभिव्यक्तिले नै सेयरबजारप्रति उनको बुझाई झल्किन्छ। त्यसो त अर्थमन्त्री शर्माले दिएको यो अभिव्यक्तिअनुसार नै नेपाल राष्ट्र बैंकले पनि सेयर धितो कर्जामा एउटा लगानीकर्ता (व्यक्तिगत तथा संस्थागत दुवै) ले एउटा बैंकबाट बढीमा ४ करोड र तीनवटा बैंकबाट १२ करोड मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको हो। पछि यहि व्यवस्थाका कारण सेयरबजारमा कारोबार रकम र नेप्से इन्डेक्सले निरन्तर रुपमा ओरालो लागेपछि सेयर लगानीकर्ताका नेताहरुले अर्थमन्त्री गुहार्न पुगेका थिए। त्यो बेला अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिसँग यो बिषयमा टेलिफोन संवाद गरेका थिए। र शर्माको सचिवालयबाट पनि त्यहिअनुसार प्रेस विज्ञप्ती बाहिर आएको थियो र मिडियाहरुले पनि त्यसलाई राम्रो स्थान दिएर कभरेज गरेका थिए। तर यसरी आफैंले गरेको संवादलाई पनि अर्थमन्त्री शर्माले पछि आफुले सेयरबजारको बारेमा नभई अरुनै बिषयमा कुराकानी गर्नलाई गभर्नरलाई फोन गरेको भनेर विवादित अभिव्यक्ति दिएका थिए। यति मात्र नभई उनले सेयरबजार भन्ने शब्द प्रयोग नगरी बजारमा केहि संस्थाको मुल्य बेलुन झैं फुकेको र यो कसरी हुन्छ भन्ने आशयले बोलेका थिए। र उनले बोलेको अभिव्यक्तिलाई केहि मिडियाले सेयर बजारकै बारेमा बोलेको भनेर समेत समाचार बनाए। यसको नकारात्मक असर सेयर बजारमा धेरै परेको थियो। त्यति मात्र नभई सेयरको दोस्रो बजार अहिले नेतृत्त्वविहिन अवस्थामा रहेको छ। ४४ लाख ४७ हजार लगानीकर्ता रहेका र दैनिक अरबौं रुपैयाँको कारोबार र करोडौं रुपैयाँको राजश्व उठ्ने बजारको नेतृत्त्व चयनमा पनि अर्थमन्त्री शर्माले ढिलासुस्ती गरेको पाइएको छ। छिटोभन्दा छिटो धितोपत्र बोर्ड र नेप्सेलाई नेतृत्त्व दिएर बजारलाई सहि ट्रयाकमा ल्याउनुपर्नेमा अर्थमन्त्री शर्माले बेला बेला विवादित बयान दिएर सेयरबजारलाई झनै घटाउने र आम सर्व सर्वसाधारण लगानीकर्तालाई अत्याउने काम गरेका छन्। कुनै एउटा कम्पनीले जारी गरेको आइपीओमा २४ लाख लगानीकर्ताले आबेदन दिएको र सेयरबजारमा ४४ लाख ४७ हजार लगानीकर्ता रहेको तथ्यलाई समेत बिर्सिएर पटक पटक गलत अभिव्यक्ति दिएर लगानीकर्ताको मन दुखाउने काम गरेकाले उर्जामन्त्री हुँदा नाम कमाएका शर्मा अब भने नरुचाईएका मन्त्रीको रुपमा परिचित युवराज खतिवडा बन्ने लाइनमा गएको विश्लेषण गरिएको हो। घट्दो बजारमा गभर्नर भन्दा अर्थमन्त्री जिम्मेवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको व्यवस्थाका कारण सेयरबजारको अवस्था बिग्रिएको भनीएपनि यसको मुख्य दोषी अर्थमन्त्रालय नै भएको जानकारहरुको दाबी छ। जनार्दन शर्मा अर्थमन्त्री बनेपछि र उनले अर्थमा आफु निकट व्यक्तिलाई अर्थसचिवमा ल्याएपछि नै नेपाल राष्ट्र बैकले मौद्रिक नीति ल्याएको हो। यसअर्थमा अर्थमन्त्रालयको कन्सर्न र सहमति बिना राष्ट्र बैंकले मौद्रिक नीति नल्याएको स्पष्ट हुन्छ। त्यसमा पनि अर्थसचिव स्वयम राष्ट्र बैंकको संचालक समितिमा रहेको र उनको सहमति र हस्ताक्षर बिना राष्ट्र बैंकले सेयर तथा वित्तीय बजारलाई असर राख्ने नीति ल्याउन सक्दैन। त्यसैले पनि मौद्रिक नीतिमा गरिएका व्यवस्था र त्यसले सेयर तथा बैंकिङ क्षेत्रमा परेको प्रभावको मुख्य जिम्मेवार अर्थमन्त्रालय, अर्थमन्त्री र अर्थसचिव नै भएको अर्थविदहरुको भनाई छ। बिष्णु पौडेल बनुन् भन्ने लगानीकर्ताको चाहना हालका अर्थमन्त्री शर्मा नेकपा एमाले नेतृत्त्वको सरकारका अर्थमन्त्री बिष्णु पौडेल जस्तै बनुन् भन्ने आम सेयर लगानीकर्ताको चाहना रहेको छ। बिष्णु पौडेल अर्थमन्त्री रहंदा नेप्से इन्डेक्स अलटाइम हाई ३२०० को उचाईमा पुगेको थियो भने कारोबार रकम पनि दैनिक दश अर्ब नाघेको थियो। यति मात्र नभई अर्थमन्त्री रहंदा पौडेलले बजारमा तरलता कायम गर्ने र ब्याजदरलाई स्थिर राख्ने काम गरेका थिए। तर जनार्दन शर्मा अर्थमन्त्री बनेपछि यी सबै उपलब्धी खोसिएका छन्। र नीति नियम र वित्तीय व्यवस्था पनि त्यहि अनुसार बनिरहेको छ। नेप्से इन्डेक्स २६०० आसपासमा झरेको छ भने कारोबार रकम पनि ५ अर्बमा सिमित भएको छ। त्यस्तै ब्याजदर पनि दोहोरो अंकमा पुगेको छ भने तरलताको अवस्था अत्यन्त नाजुक रहेको छ। त्यसैले पनि लगानीकर्तामाझ जनार्दन शर्मा तत्कालिन अर्थमन्त्री युबराज खतिवडाको साट्टो सेयरबजारले रुचाएका बिष्णु पौडेल झैँ बनुन् भन्ने चाहना रहेको पाइएको छ।

सम्बन्धित सामग्री

‘बैंकमा एक प्रतिशतभन्दा बढी सेयर भए ऋण नपाइने’

बाफियाको संशोधनमा गरिएको प्रस्ताव व्यावहारिक रूपमा कार्यान्वयन गर्न जटिल रहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन्।...

पोखरामा भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्रको चिन्ता

नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो— भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उहाँहरुको भनाइलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । ‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’ डा. युवराज खतिवडा हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुक्यौँ, […]

शोधनान्तर घाटाको जन्मदाता केपी ओली सरकार र युवराज खतिवडा : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।  आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आ...

एमालेले बनायो निर्वाचन घोषणापत्र लेखनको लागि कार्यदल, युवराज खतिवडा पनि समावेश

फाइल फोटोनेकपा (एमाले) ले निर्वाचन घोषणापत्र मस्यौदाका लागि कार्यदल गठन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजङ्ग थापा, प्रभा बराल, डा दिनेशचन्द्र देवकोटा र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन् । बैठकले निर्वाचनको घोषणापत्रलाई चाँडै अन्तिमरुप दिन सचिवालयलाई अधिकार दिएको छ । बैठकले आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिँएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्न ११ बँुदे कार्यसूचीमा निर्णय गरेको छ । सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ । बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिएका थिए । बैठकले पार्टीका सार्वजनिक कार्यक्रममा कम्तीमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले स्थानीय तहको उम्मेदवारको ६ मापदण्ड पारित गरेको छ । यही चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तथा वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने उल्लेख छ । प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्र्रीय कमिटीले निर्णय गर्नेछ ।पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा (वैशाख ९ गते) सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र सो दिवसलाई ज्येष्ठ कम्युनिष्टको सम्मानसहित सृजनात्मकरुपमा मनाउने निर्णय गरेको छ । बैठकले विभिन्न विभागमा सदस्यको मनोनयन र पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

अमेरिकाबाट फर्केपछि एमाले महाधिवेशनमा झुल्किए डा. युवराज खतिवडा

अमेरिकाको राजदूतबाट फिर्ता भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नेकपा एमालेको महाधिवेशनमा झुल्किएका छन् । महाधिवेशनमा प्रतिनिधिको रुपमा खतिवडा सहभागी भएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खतिवडासहित पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाएको थियो ।  अमेरिकाबाट फिर्ता भएपछि खतिवडा सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । तत्कालीन नेकपामा खतिवडा केन्द्रीय सदस्य थिए । खतिवडालाई राष्ट्रिय सभामा नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेकपाभित्र रडा...

सरकारले फिर्ता बोलाएपछि नेपाल फर्किए अमेरिकाका लागि राजदूत डा. युवराज खतिवडा

काठमाडौं- सरकारले फिर्ता बोलाएपछि अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडा स्वदेश फर्किएका छन्। शेरबहादुर देउबा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन्। यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए। पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो। २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई […]

युवराज खतिवडा सहितका राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाईएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।यस संगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा तथा बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने भएको छ । त्यस्तै  २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुनु पर्ने भएको छ।परराष्ट्र सेवाका राजदुतहरुले भने निरन्तरता पाउने छन्  ।