हेटौंडामा मतगणना सुस्त भएपछि ४ वटा मतगणनास्थल थपिने

हेटौंडा : हेटौंडा उप-महानगरपालिकाको मतगणना सुस्त भएपछि ४ वटा मतगणना स्थल थपिने भएको छ। शनिबारदेखि सुरु भएको मतगणनाको परिणाम आउन ढिला भएपछि मतगणनास्थल थपिने भएको हो।हेटौंडा-२ स्थित सिद्धार्थ माविमा भइरहेको मतगणना स्थलमा नै ४ वटा मतगणना गर्ने स्थान थप गर्न लागेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए। उनले आज रातभरिमा जाली लगाएर मतगणना स्थल तयार गरिने र भोलिबाट सो स्थानमा गणना गर्न थालिने बताए।शनिबारदेखि हेटौंडाको १,२,१८ र १९ गरि ४ वडाको मतगणना सुरु गरिएकोमा केहीबेर अघि १ नम्बरको