सरकार र निर्माण व्यवसायीबीच सहकार्य हुनुपर्छ : मन्त्री चौधरी

काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्।बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनाैती सामना गर्न आवश्यक रहेको बताए।‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्ज छन्। गुणस्तरका काम नहुने कुरा, समयमा नसकिने कुरा छन्। यसलाई सम्बोधन गर्न जरुरी छ’, उनले भने, ‘जबसम्म हामी सरकार र निर्माण व्यवस