भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील