बंगलादेशबाट सबै मल आइपुग्यो

बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच सम्झौता भएको थियो। दुई देशबीच ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएको थियो।

सम्बन्धित सामग्री

बंगलादेशबाट आइपुग्यो सम्झौता अनुसारको युरिया मल

वीरगञ्ज । बंगलादेशबाट खरीद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरीद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जीटुजी सम्झौताअनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने भए पनि थप २ हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले बताए । उनका अनुसार शुरूमा बंगलादेशले दिने ५० हजार मेट्रिकटन युरिया मलबाहेक थप २ हजार मेट्रिकटन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिकटन मल केही दिनअघि नेपाल भित्रिएको हो । दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार नेपाल सरकारले साउनभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भएको थियो । अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव नहुने प्रबन्धक केसीले बताए । अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसानले यस वर्ष समयमा मल पाएको र चाँडै रोपाइँ शुरू भएकाले धान उत्पादन ३० प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका बालीविज्ञ सुरेशप्रसाद चौरसियाले बताए । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया, डीएपी र पोटास मल मौज्दात अवस्थामा छ । उक्त मल पहिलो चरणको धान खेतीका लागि पर्याप्त भएको देखिन्छ । सो कार्यालयले आफ्ना १३१ जना थोक विक्रेतामार्फत सीधै किसानसम्म मल पु¥याउने गरेको छ । एकपटकमा एक थोक विक्रेतालाई बढीमा एक पटकका लागि १३० बोरासम्म मल दिने गरेको छ । सो मल विक्रेताले स्थानीय तहले तोकेको मूल्यमा मल बेच्नुपर्ने प्रावधान छ । कतिपय विक्रेताले मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले रकम माग्ने गरेकाले बढी खर्चको बहानामा किसानलाई चर्को मूल्यमा मल बेचेर कालोबजारी गर्ने गरेको किसानको आरोप छ ।  रासस

बंगलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बंगलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज,...

बंगलादेशबाट आइपुग्यो ५२ हजार टन मल

सरकारले बंगलादेशबाट खरिद गरेको मल नेपाल आइपुगेको छ । नेपाल तथा बंगलादेशका दुई कम्पनीबीचमा ५० हजार टन मल ल्याउने सम्झौता भएको थियो ।सम्झौता गरेको भन्दा २ हजार टन थप गरेर ५२ हजार टन रासायनिक मल आइपुगेको हो । बंगलादेशबाट युरिया मल ल्याउनका लागि नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो […]

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन मल – देशसञ्चार

वीरगञ्ज– सरकारले बंगलादेशबाट खरिद गरेको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। बंगलादेशबाट खरिद गरिएको उक्त परिमाणको मल वीरगञ्ज, विराटनगर र भैरहवा

बंगलादेशबाट ४५ हजार मेट्रिक मल आइपुग्यो

बंगलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । ५० हजार मेट्रिक मल ल्याउने सम्झौता अनुसार अहिलेसम्म ४५ हजार मेट्रिक टन भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।बंगलादेशले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो । त्यसमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने […]

बंगलादेशबाट मगाइएको मल नेपाल आइपुग्यो, यो वर्ष हाहाकार नहुने

पर्सा : मनसुन सुरु भएसँगै नदी छेउका सर्वसाधारणलाई ज्यान जोगाउन र किसानलाई खेती गर्न भ्याइनभ्याई छ। यही समयमा कृषि सामग्री कम्पनीलाई भने यो सिजनको धानबालीका लागि किसानलाई चाहिने रासायनिक मल जोहो गर्न दबाब बढेको छ।गत वर्षझैँ मल नपाएर धान किसान हाहाकार भए फेरि कृषि सामग्री कम्पनीमाथि आक्षेप आउने डरले कम्पनीले यो वर्ष भने धमाधम रासायनिक मलको जोहो गरिरहेको हो। बंगलादेशबाट मगाइएको सबै मल नेपाल आइपुग्योनेपाल सरकारको मल आयात गर्ने आधिकारिक संस्था यो कम्पनीले तीन दिनदेखि थप १९ हजार ५ सय मेट्रिक

बंगलादेशबाट नेपाल आइपुग्यो रासायनिक मल

सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल मंगलवार नेपाल आइपुगेको छ ।सम्झौता भएको ५० हजार मेट्रिक टनमध्ये मंगलवार २ हजार ५ सय मेट्रिक टन वीरगन्ज नाका हुँदै भित्र्याएको हो ।वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा एक रेलवे र्‍याक युरिया मल आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालयका प्रमुख गोरखनाथ केसील...

बंगलादेशबाट युरिया मल वीरगञ्ज आइपुग्यो

२६ फागुन, वीरगञ्ज । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल वीरगञ्ज आइपुगेको छ । २ हजार ५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको हो । मल बोकेको एउटा रेल्वे र्‍याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा …

सरकारले बंगलादेशबाट खरिद गरेको मल वीरगन्ज आइपुग्यो

कृष्णउदास खनाल, वीरगन्ज । नेपाल सरकारले बंगलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल भित्रिएको छ । बंगलादेशले अनुदानमा र सापटीमा मल नदिने भएपछि गभर्मेन्ट टु गभर्मेन्ट (जिटुजी) प्रक्रिययाबाट खरिद गरेको मल वीरगन्ज भित्रिएको हो । जि टु जि प्रक्रियाबाट विना कुनै मध्यस्थकर्ता खरिद गरिएको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो चरणमा बंगलादेशको कर्णाफुल्लीबाट लिफ्टिङ भई […]