दिनेश रैदाश, दाङ ।
नेपाली कांग्रेसका युवा नेता सो पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट भैसाही नाकामा विगत लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील भई आउनुभएका युवा नेता हरिबहादुर खड्का राजमोमा प्रवेश गर्नुभएको हो ।
राजमो कार्यालय दाङमा एक संक्षिप्त कार्यक्रम गरी जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, जिल्ला कोषाध्यक्ष मधुकर पुन तथा राजमो राजपुर एरिया समितिका सदस्य तेजबहादुर बाठा मगरको पनि उपस्थिति रहेको थियो।