काठमाडौं : अफगानिस्तानको सत्ता कब्जा गरेको सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ।अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले तालिबानलाई उद्धृत गर्दै सरकारी कर्मचारीलाई काममा फर्कन भनेको जनाएको हो। मंगलबार एक विज्ञप्तिमार्फत् तालिबानले सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गरेको छ।विज्ञप्तिमा लेखिएको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ। त्यसैले तपाइहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ शुरु गर्न सक्नुहुन्छ।’ यसैगरी, तालिबान नेतृत्वले