शिक्षकका लागि तीन सय शय्याको आफ्नै अस्पताल बनाउन सैद्धान्तिक सहमति

सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।  मन्त्री पौडेलले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेश गरेका थिए । अस्पताल निर्माणका लागि २१ बिगाहा जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको छ । शिक्षा मन्त्रालयले गठ

सम्बन्धित सामग्री

शुक्रराज ट्रपिकललाई ३ सय शय्यासहित शिक्षण अस्पताल बनाइने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ।

कञ्चनपुरको अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

काठमाडौं,१७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका लागि आयुर्वेद विभागले रु […]

भक्तपुर नगरपालिकाको सय शय्याको आफ्नै अस्पताल

२० मिनेटमै सेवा, १० महिनामा करिब दुई लाख बिरामीको उपचार भक्तपुर नगरपालिकाले सय शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । देशभरका सात सय ५३ स्थानीय सरकारमध्ये सय शय्याको अस्पताल सञ्चालन गर्ने भक्तपुर पहिलो...

चितवन मेडिकल कलेजले एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालन गर्ने

काठमाडौँ । भरतपुरको चितवन मेडिकल कलेजमा एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । कलेजको मातहत रहने गरी दसैँअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा.न्यौपानेले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन […]

भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै

मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दति सहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ ।सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दैछ । कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि रु ५५

भरतपुरमा १ सय शय्याको आयुर्वेद अस्पताल बन्दै

चितवन । मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो […]

ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।...

३ सय शय्याको शिक्षकको आफ्नै अस्पताल

सरकारले ३ सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका–१५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । मन्त्री पौडेले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेश गरेका थिए । अस्पताल निर्माणका लागि २१ […]

धनकुटा अस्पताल स्तरोन्नति गरिने, १५ शय्याको अस्पताल १ सय शय्याको बनाइँदै

उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।

वीर अस्पताललाई पाँच सय बेडको कोरोना अस्पताल बनाइने

काठमाडौं : सरकारले वीर अस्पताललाई पाँच सय बेडको कोरोना उपचार अस्पताल बनाउने भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार ‘छैटाैं राष्ट्रिय पत्रकारिता दिवस २०७८’ लाई सम्बोधन गर्दै सरकारले अस्पताललाई कोभिड उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको बताए। ‘वीर अस्पताललाई पाँच सय बेडको हस्पिटल सञ्चालन गर्ने सुरुवात भएको छ,’ उनले भने, ‘आर्मी अस्पतालमा पनि कोभिड उपचार सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ, काठमाडौं महानगरपालिकाले पनि कोभिड अस