केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो ।