काँग्रेसबाट बर्दिबास मेयरमा दुई जनालाई टिकट

नेपाली काँग्रेसले बर्दिबास नगरपालिकाको मेयरका लागि दुईजनालाई टिकट दिएको छ ।  प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परे । सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले