तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए : राष्ट्रसंघ

काठमाडौँ- तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाख जनाले रोजगारी गुमाएको पाइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रमिज अलअक्बरोभले पछिल्लो १८ महिनामा ७ लाख जनाले रोजगारी गुमाएको जानकारी दिएका हुन् । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार सो अवधिमा अफगानिस्तानको कूल आयमा ३५ प्रतिशतको गिरावट देखिएको छ । पत्रकार सम्मेलनका क्रममा विशेष प्रतिनिधि अलअक्बरोभले […]