शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीलाः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन् ।

सम्बन्धित सामग्री

एकजनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्।  गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा...

विकास निर्माण र जनजीविकाका सवालमा बेवास्ता

वर्तमान गठबन्धन सरकारले आर्थिक समृद्धि र सुशासनलाई ध्यान दिन नसक्दा विकास निर्माण र जनजीविकाका सवालहरु पूर्णरुपमा ओझेलमा परेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सानातिना विषयमा अल्झिँदा विकास निर्माणका योजनाहरुसमेत अवरुद्ध हुने अवस्था आएको छ । प्रधानमन्त्री नवीन खालका योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नभन्दा पनि विभिन्न खाले उद्घाटन, शिलान्यासजस्ता कार्यक्रममा बढी अड्किरहनुभएको छ […]

प्रधानमन्त्री दाहालका १०० दीनः विकास निर्माण कार्यलाई तीव्रता दिएको दाबी

काठमाडौं, २० चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको १०० दिन पुगेको अवसरमा आज ३७ बुँदे उपलब्धी सार्वजनिक गरेका छन्। उपलब्धीमा सरकारी सेवा छिटोछरितो बनाउन दिएको निर्देशनदेखि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई उपलब्ध गरिएको आर्थिक सहायतासम्म समेटिएको छ। यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, विकास निर्माण कार्यमा तीव्रता, सामाजिक न्यायको प्रवर्धन गर्ने उद्देश्यले सरकारले कामकाजहरु अगाडि बढाइरहेको जनाइएको छ।

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जितेका भएका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट […]

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

काठमाडौं– कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औँल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त […]

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताउनुभएको छ । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा उहाँले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले …

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन्। प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको […]

बढ्दो इन्धन मूल्यले विकास निर्माण प्रभावित

चैत ४, काठमाडौं । पछिल्लो समयमा गति लिएको पूर्वाधार निर्माण क्षेत्र इन्धन तथा निर्माण सामग्रीको मूल्य बढेपछि प्रभावित बन्न थालेको छ ।  इन्धन, बिटुमिन र डन्डीको मूल्यमा उल्लेख्य वृद्धिले पछिल्लो समय निर्माण व्यवसायीहरूले कामको गति घटाउन थालेका छन् ।  विकास निर्माणको मुख्य याममै इन्धन, बिटुमिन र डन्डीको मूल्य वृद्धिले विकास निर्माण प्रभावित बन्न थालेको सरकारी अधिकारी र निर्माण व्यवसायीहरू तर्क गर्छन् ।  मूल्य वृद्धिका कारण निगमका नयाँ विकासका योजनाहरू स्थगित गर्ने नेपाल आयल निगमले समेत उल्लेख गरेको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले इन्धनको मूल्य बढ्दा विकास आयोजनाको लागत पनि बढ्ने बताए ।  ‘अहिलेसम्म निर्माण व्यवसायीहरूबाट लिखित जानकारी नआए पनि मौखिक रूपमा मूल्य वृद्धिले निर्माण प्रभावित भएको जानकारी आएको छ,’ उनले भने, ‘मूल्य वृद्धिले निर्माण व्यवसायीहरूको लागत बढाउँछ भने उनीहरूले बढेको मूल्यअनुसार लागत दाबी गर्छन् र यसले अन्तत: आयोजनाकै लागत बढाउँछ ।’ पछिल्लो समय इन्धनको मूल्य बढ्दा निर्माण व्यवसायीहरूले काम ढिलो गर्न थालेको नेपालले बताए ।  सार्वजनिक खरीद नियमावलीअनुसार मूल्य वृद्धि उच्च भई लागत बढेमा ठेक्का सम्झौताको अवस्था हेरेर बढीमा २५ प्रतिशतसम्म रकम सम्बद्ध निकायबाट उपलब्ध गराउने प्रावधान छ । सोहीअनुसार निर्माण व्यवसायीको दाबी परेमा मूल्यांकन गरेर थप लागत भुक्तानी गर्नुपर्ने नेपालले उल्लेख गरे ।  विकास निर्माणका सामग्रीहरू इन्धन, बिटुमिन र डन्डीको मूल्य बढेसँगै यसको भार अन्तत: सरकारलाई नै पर्ने उनको भनाइ छ ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मूल्य वृद्धिका कारण काम गर्न नै समस्या भएको र लागत पनि बढ्दो क्रममा रहेको बताए । चर्को मूल्यमा डन्डी, बिटुमिन किनेर निर्माण गर्न नसकिने भन्दै उनले मूल्य वृद्धि निर्देशिका जारी गर्न आग्रह गरे ।  प्रतिकेजी रू. ६० पर्ने डन्डीको मूल्य अहिले बढेर प्रतिकेजी रू. १२६ सम्म पुगेको र अन्य निर्माण सामग्री पनि मूल्य बढेकाले निर्माण लागत महँगो पर्न आएको उनले बताए । महासंघको २३ औं साधारणसभामा पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्य वृद्धिलाई सम्बोधन गर्न भनिएको उनले बताए । अहिलेसम्म सरकारबाट ठोस पहल नभएको भन्दै उनले शुक्रवार मुख्यसचिव शंकरदास वैरागीसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । मूल्य वृद्धि सम्बोधनका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र बुझाउने उनले उल्लेख गरे ।  एक सातामा आफ्ना माग सम्बोधन नभए  देशभरकै काम रोक्ने चेतावनी उनले दिएका छन् । कालिका कन्स्ट्रक्शन कम्पनीका कार्यकारी निर्देशक निकोलस पाण्डेले बढ्दो इन्धनको मूल्यले निर्माण व्यवसाय क्षेत्र निकै अप्ठ्यारो अवस्थामा रहेको बताए ।  ‘काम समयमै सम्पन्न नगर्दा उल्टो जरीवाना तिर्नुपर्छ भने अर्कोतिर सम्झौता म्याद सकिएमा आयोजनाको म्याद थप्न नै जटिल हुन्छ,’ पाण्डेले भने, ‘अहिले अवस्था अप्ठ्यारो रहेकाले काममा ढिलाइ गर्ने अवस्था आएको छ ।’ उनले ठेक्काहरूमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण २० देखि ३० प्रतिशतसम्म कममा ठेक्का पाएको अवस्थामा मूल्य वृद्धिले थप समस्यामा पार्ने बताए । बढ्दो मूल्यका कारण निर्माण व्यवसायीहरू नै समस्यामा पर्न सक्ने र अहिले व्यवसायीहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनको भनाइ छ । विकास निर्माण रोक्नुभन्दा पनि सरकारसँग छलफल गरेर उपयुक्त बाटो अपनाउन आवश्यक भएको उनले बताए । नेपाल आयल निगमले बुधवार प्रेस विज्ञप्ति जारी गरेर निगमका नयाँ विकास निर्माणका सबै काम रोक्ने सोचमा रहेको उल्लेख गरेको छ । रूस–युक्रेनको जारी तनावका कारण अन्तरराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

१० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च

काठमाण्डाै – सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बैशाख मसान्तसम्म जम्मा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ अर्थात ३५ दशमलव ६४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । यो आर्थिक वर्षको लागि तीन खर्ब ५...