माधव नेपालसहित १४ सांसदका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतमा आज अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ । अहिले प्रतिनिधिसभाको कार्यकाल सकिइसके छ । यद्यपी सर्वोच्चले भने उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही […]

सम्बन्धित सामग्री

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

माधव नेपालसहित १४ सांसद विरुद्धकाे रिट न्यायाधीशहरू सिन्हा र सुवेदीकाे इजलासमा

माधवकुमार नेपालसहितका १४ सांसद विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।