वाईसीएल नेपालको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको आज मङ्गलवार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । त्यहीअनुसार केन्द्रीय समितिका सदस्यहरू चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिनुभयो । नयाँ केन्द्रीय समितिमा २३ जना भने प...