बागमती सरकारले दियो २३ सय टुक्रे योजनालाई सवा ३ अर्ब

हेटौंडा : बागमती प्रदेश सरकारले २ हजार ३ सय वटा टुक्रे योजनाका लागि सवा ३ अर्बभन्दा धेरै रकम निकासा गरेको छ।चालू आर्थिक वर्ष सकिन करिब डेढ महिना मात्र बाँकी हुँदा कूल बजेटको ३५ प्रतिशत मात्र खर्च गरेको प्रदेश सरकारले कार्यकर्ता पोस्ने गरि ल्याएको २३ सय टुक्रे योजनालाई मात्रै ३ अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा गरेको हो। हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार छ।अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्ध