किसानले माघ लागेपछि बल्ल टिप्न थाले सुन्तला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् । दोसल्लेका किसानले विगतको तुलनामा यसपाली राम्रो मूल्य पाएका छन् । यसअघि मंसिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७ सयमा बिक्री हुने गरेको थियो ।