काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो सुपर ओभर पनि बराबरी भएको छ । दुवै टोलीले समान १७ रन बनाए पछि खेल तेस्रो सुपर ओभरमा गएको हो र यसअघिको पहिलो सुपर ओभरमा दुवै टोलीले समान १९ रन बनाएका थिए ।