प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं। नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेकी छिन्। सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा आयोजित औपचारिक समारोहबीच उनले पदभार सम्हालेकी हुन्। पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। जेनजी आन्दोलनपछिको संक्रमणकालीन व्यवस्थापनका लागि भएको भोटिङमार्फत कार्की शुक्रबार राति अन्तरिम प्रधानमन्त्रीमा चयन भएकी हुन्। उनी नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री […]