सुनको मूल्य एकैदिन ५ हजार ४०० रुपैयाँले घट्यो

सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो । महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो […]