वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख खोलेका छन् । वितरक कम्पनी काफिया फिल्मसका सञ्चालक गोबिन्द शाहीले भुवनसँगको ५० लाखको लेनदेनको विषय सार्वजनिक गरेका थिए । भुवनका छोरा अनमोल शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जुन’सँग यो विवाद सम्बन्धित छ ।  यही फिल्म निर्माणका लागि भुवनले आफूसँगबाट ५० लाख लगेको शाहीले खबरहबलाई बताए […]